उफ्... भैरहवाको गर्मी (फोटो फिचर)

उफ्... भैरहवाको गर्मी (फोटो फिचर)
तस्बिर : सलमान खान

भैरहवा : भैरहवामा गर्मी अत्यधिक बढेको छ। दिउँसो सडकमा मानिसको हिंडडुल पातलिएको छ। अस्पतालमा विरामीको चाप उस्तै बढेको छ। जनजीवन अस्तव्यस्त बनेको छ। गर्मी बढेसँगै खरबुजा, काँक्रा, उखुको रस, लस्सीलगायतका पेय पदार्थहरूको व्यापार फस्टाएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान करिब ९ बजे मापन गरिएको भैरहवाको अधिकतम तापक्रम ३९ दशमलव ५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस रहेको छ। नेपालमा मनसुन प्रणाली भित्रिएपनि पश्चिमी तराईमा सक्रिय हुन अझै केही समय लाग्ने बताइएको छ। आगामी केही दिनसम्म देशको मध्य तथा पश्चिमी तराईमा अत्याधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी र सतर्कता अपनाउनका लागि महाशाखाले अनुरोध समेत गरेको छ।

दैनिक मजदुरी गरेर खानेहरुका लागि गर्मीयाम कष्टकर बन्न पुगेको छ। प्राय युवा युवतीहरू गर्मी छल्नका लागि विभिन्न पार्क, स्विमिङ पुल र रुखको छहारीमा पुग्ने गरेका छन्।

गर्मी बढेसँगै अस्पताल तथा निजी क्लिनिकमा बालबालिकालगायत अन्य उमेर समूहका बिरामीहरूको चाप बढेको छ। अन्य मौसमको तुलनामा गर्मी मौसममा बिरामीको संख्यामा वृद्धि भएको विभिन्न अस्पतालहरूले जनाएका छन्। गर्मी मौसमसँगै हावाहुरी र धुलो, सडक पेटी तथा फुटपाथको खाजा नास्ता बढ्दो प्रयोग र फोहोर पानीका कारण बिरामीको संख्या बढेको भीम अस्पताल भैरहवाका चिकित्सक डा. आरिफ हुसैनले बताए। गर्मीका कारण अस्पतालमा झाडापखाला, डिहाइड्रेसन, हिट स्ट्रोक लगायतका विरामीको संख्या बढेको उनको भनाइ छ।

उनका अनुसार फुटपाथको खाजा नास्ता नखाने, पानी उमालेर अथवा फिल्टर गरेर नियमित पिउने, दही, दालजस्ता झोलिलो पदार्थ खाने, चिल्लो, मैदाले बनाएको खाना नखाने बानीको विकास गरेर बिरामी हुनबाट जोगिन सकिने छ। 

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.