नेपाललाई सातौं सफलता,सन्दीप लामिछानेले लिए बंगलादेशको विकेट

नेपाललाई सातौं सफलता,सन्दीप लामिछानेले लिए बंगलादेशको विकेट
फाइल तस्बिर।

काठमाडौं : आईसीसी टी २० विश्वकप क्रिकेटमा नेपालका सन्दीप लामिछानेले बंगलादेशको सातौं विकेट लिएका छन्। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रंगशालामा सोमबार बिहान भएको खेलमा नेपालका पुर्व कप्तान सन्दीप लामिछानेले  विकेट लिएका हुन्। 

१३.२ ओभरमा लामिछानेले तन्जिम हसन साकिब आउट गराए।  उनी ५ बलमा ३ रन बनाएर बाहिरिए। १३.१  ओभरमा बंगलादेशले रिम्भु अपिल गरेपछि लामिछानेले विकेट नलिएको रेफ्रिले जानकारी गराएका थिए।

त्यस अगाडि ११.४ ओभरमा हसनलाई आउट गराएर नेपाललाई रोहितकुमार पौडेलले छैटौं सफलता दिलाएका हुन्। उनी २२ बलमा १७ रन बनाएर पेभेलियन फर्किए।

यस अगाडि सन्दीप लामिछानेको बलमा उनलाई गुलशान झाले महमुदुल्लाहलाई रन आउट गराएका हु्न्। त्यसैगरी रोहितकुमार पौडेलको बलमा सन्दीप लामिछानेले तौहिद हृदयलाई क्याच आउट गराएका थिए। 

त्यस अगाडि सोमपाल कामीको बलमा लिटन दासलाई आशिफ शेखले क्याच आउट गराए।दीपेन्द्र सिंह ऐरीले नाजमुल हसिन सान्तोलाई बोल्ट आउट गरेका थिए। सोमपालले पहिलो बलमै ओपनर  तान्जिब हसनलाई पेभिलियन फर्काएका थिए। टस हारेर ब्याटिङ गरेको बंगलादेशले १२ ओभरमा ६ विकेटको क्षतिमा ६३ रन बनाएर खेलिरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.