बेलकोटगढीले कृषिमा आधुनिकीकरण तथा व्यावसायीकरण गर्ने

बेलकोटगढीले कृषिमा आधुनिकीकरण तथा व्यावसायीकरण गर्ने

नुवाकोट : बेलकोटगढी नगरपालिकाले बेलकोटगढीले कृषिमा आधुनिकीकरण तथा व्यावसायीकरण गर्ने भएको छ। दोस्रो नगरसभाको चौथो अधिवेशनले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा उक्त विषय समावेश छ। 

बेलकोटगढीको नीति तथा कार्यक्रममा कृषिमा आधुनिकीकरण तथा व्यावसायिकरण, शिक्षामा गुणस्तरसहितको सिप र प्राविधिक तथा स्वास्थ्यतर्फ नगरभित्रै सर्वसुलभ उपचार सेवाको पहुँचमा नगरवासीलाई समावेश गर्ने उल्लेख गरिएको छ ।

मेयर जगतबहादुर गुरुङले पेश गरेको नीति तथा कार्यक्रम सभाले सर्वसम्मत पारित गर्दै सोही अनुसारको बजेटको लागी मार्ग प्रशस्त गरेको हो।

मेयर गुरुङले पेश गरेको नीति तथा कार्यक्रम पास भएसगैँ उपमेयर शिवप्रसाद दाहालले आगामी आर्थिक वर्षको लागी अनुमानित आयव्यय सहितको बजेट पेश गरेका हुन्। बेलकोटगढीले कुल ८९ करोढ ८८ लाख रुपैयाँको बजेट पेश गरेको छ।

नीति तथा कार्यक्रममा कृषिमा आधुनिकीकरण तथा व्यावसायीकरण, शिक्षामा गुणस्तर सहितको सिप र प्राविधिक तथा स्वास्थ्यतर्फ नगरभित्रै सर्वसुलभ उपचार सेवाको पहुँचमा नगरबासीलाई समावेश गर्ने उल्लेख गरिएको छ ।

मेयर जगतबहादुर गुरुङले पेश गरेको नीति तथा कार्यक्रमलाई नगरसभाका सदस्यहरूले सर्वसम्मत रुपमा पारित गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.