सिन्धुलीमा ६ सय १५  किलो गाँजासहित एकजना प्रहरी नियन्त्रणमा

सिन्धुलीमा ६ सय १५  किलो गाँजासहित एकजना प्रहरी नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको गाँजा । तस्बिर : राजन गाउँले

सिन्धुली : सिन्धुली प्रहरीले ६ सय १५ किलोग्राम गाँजासहित एकजनालाई पक्राउ गरेको छ। कटारी नगरपालिका- ६ उदयपुर घर भइ सिन्धुलीको हरिहरपुरगढी- ७ चिसापानी बस्ने ४६ वर्षीय कुमार पाख्रिन गाँजासहित पक्राउ परेका हुन्।

शनिबार साँढे १ बजेतिर इलाका प्रहरी कार्यालय कपिलाकोटलाई प्राप्त विशेष सूचनाका आधारमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका -७ चिसापानी स्थित थोले ब्लोनको गोठमा  गई खानतलासी गर्दा ६ सय १५ किलो लागुऔषध गाँजा बोरा तथा फलामको ड्रममा लुकाइ छिपाइ राखेको अवस्थामा बरामद गरिएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए ।

उक्त गाँजा नियन्त्रण गर्न सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी अधिकृतको कमाण्डमा  प्रहरी टोली खटिएको थियो।  बरामद भएको गाँजा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा नापतौल गर्दा बोरासहित ६ क्विन्टल १५ किलो भएको पुष्टि भएको छ।

यो सिन्धुली जिल्लामा सम्भवत अहिलेसम्मकै ठूलो परिमाणमा बरामद गरिएको गाँजा हो ।

 यो त जिल्लामा लागुऔषध गाँजा नियन्त्रण गरिएको एउटा प्रतिनिधि घटना मात्रै हो । पछिल्ला वर्षहरूमा जिल्लामा लागुऔषध ओसारपसारको ग्राफ बढ्दै गएको प्रहरीकै तथ्यांकले देखाएको छ ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक काफ्लेका अनुसार  पछिल्ला तीन वर्षमा मात्र जिल्लामा १४ सय ५५ दशमलव ९९५ किलो गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ । यसले जिल्ला अबैध गाँजा खेतिको उत्पादन तथा ओसार पसारको ट्रान्जिट प्वइन्ट बन्दै गएको पुष्टि गर्दछ ।

सिन्धुलीमा अबैध गाँजा खेति गर्ने र अबैधरुपमा ठूलो परिमाणमा गाँजा निकासी हुने गरेको यस तथ्यांकले पुष्टि गर्दछ । गत आर्थिक वर्ष २०७८/०७९ देखि ०८०/०८१ को हालसम्म जिल्लाका विभिन्न स्थानमा गरी १७ विगाह १८ कठ्ठा क्षेत्रफलमा लगाइको अबैध गाँजा खेति प्रहरीले फडानी गरेर नष्ट गरेको छ । 

सिन्धुलीका हरिहरपुरगढी, मरिण र घ्याङलेख गाउँपालिकामा विशेष गरेर अबैध गाँजा खेति गर्ने गरिएको छ । भारतीय व्यवसायीको लगानीमा यी क्षेत्रमा बर्सेनि गाँजा खेति गर्ने र प्रहरीले नष्ट गर्ने कार्य हुँदै आएको छ ।  प्रहरी प्रमुख काफ्लेका अनुसार सिन्धुलीमा गाँजासहित खैरो हिरोईन, एम्पुल, ट्यावलेट तथा विभिन्न प्रकारका झोल लागुऔषधको समेत ओसार पसार हुने गरेको छ । ‘गत आर्थिक वर्ष २०७८/०७९ देखि ०८०/०८१ को हालसम्मको तथ्यांङ्क अनुसार सिन्धुलीमा १४ सय ५५ दशमलव ९९५ किलो गाँजा, १ सय ५२  दशमलव ७२६ मिलिग्राम हिरोईन, ७ सय ५ दशमलव ८५५ ग्राम चरेश, ६ हजार ३ सय ५५ एम्पुल, ७ हजार १ सय ७ वटा ट्यावलेट र १ हजार १ सय १४ बोतल झोल पदार्थ नियन्त्रणमा लिइएको छ,’ उनले भने ।

यो समयमा लागुऔषध ओसार पसार तथा नियन्त्रणका १ सय ७२ घटना घटेका छन् । यो निक्कै ठुलो तथ्यांङ्क हो । प्रहरीले २०७८/०७९ देखि ०८०/०८१ सम्ममा १ सय ११ वटा लागुऔषधका मुद्धा दर्ता गरेर अनुशन्धान गरेको छ । उक्त मुद्धामा ५० जनालाई संझाई बुझाई गरेर छाडिए पनि १ सय १ जनालाई पक्राउ गरेर कानुनी दायरामा ल्याएको तथ्याङ्क छ । 

प्रहरीले तीन वर्षको अवधिमा १ सय ३६ पटक विभिन्न स्थानमा जनचेतनामुलक कार्यक्रमको आयोजना गर्दै अवैध लागुऔधषको ओसार पसार तथा दुरुपयोगसम्बन्धी सचेतना प्रवाह गरेको थियो । यसपटक पनि लागु औषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तराष्ट्रिय दिवस मनाइ रहँदा जिल्लामा यति ठूलो परिमाणमा गाँजा नियन्त्रण हुँदा प्रहरीलाई नै चुनौति थपिएको छ । 

सिन्धुलीमा उत्पादन हुने गाँजा तराईका जिल्लाका साथै भारतसम्म ओसारपसार हुने गरेको छ भने खैरोहिरोइन, एम्पुल, ट्यावलेट तथा झोल पदार्थका लागु औषधहरु सिन्धुली हुँदै राजधानी काठमाडौं सप्लाई हुने गरेको छ । 

तराईका जिल्लासँग जोडिएको सिमानामा कडाईका साथ चेकजाँच नहुनु र वीपी,मध्येपहाडी र मदनभण्डारी जस्ता ठूला तीनवटा राजमार्गहरु सिन्धुली जिल्लाअन्तरगत नै पर्ने भएका कारण पनि अवैध लागुऔषध ओसार पसारका घटनाहर बढ्दै गएको देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.