लुम्बिनीमा बहुमतले बजेट पास

लुम्बिनीमा बहुमतले बजेट पास

दाङ : लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१-८२ को  बजेट बहुमतले पारित भएको छ। बुधबार बसेको प्रदेशसभाको २३औँ बैठकले बजेटलाई बहुमतले पारित गरेको हो। सरकारले असार १ गते बजेट ल्याएको थियो। 

आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले ‘अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव प्रदेशसभाको बैठकमा प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव बहुमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गरेका थिए।

प्रदेशसभामा सरकारका तर्फबाट आर्थिक वर्ष ०८१र८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरिएको थियो। जसमध्ये चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार अर्थात् २८ दशमलव ८७ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख अर्थात् ६३ दशमलव ०९ प्रतिशत विनियोजित गरिएको थियो।

प्रदेशसभाको चौथो अधिवेशनको १३औं बैठकमा प्रस्तुत भएको बजेटमा वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड १३ लाख १६ हजार अर्थात् ८ दशमलव ०६ प्रतिशत अनुमान गरिएको थियो। लुम्बिनी प्रदेशका समग्र क्षेत्रलाई चलायमान बनाउँदै उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्ने खालको बजेट ल्याइएको मन्त्री आचार्यको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.