रामेछापको लिखुमा यात्रुबाहक बस दुर्घटना : ७ जना घाइते, २ को अवस्था गम्भीर

रामेछापको लिखुमा यात्रुबाहक बस दुर्घटना : ७ जना घाइते, २ को अवस्था गम्भीर

काठमाडौं : रामेछापको लिखु तामाकोसी गाउँपालिका स्थित बिर्ता लामपानीमा यात्रुबाहक बस दुर्घटना भएको छ। आज बिहान भएको दुर्घटनामा बसमा सवार ७ जना यात्रु घाइते भएका छन्।

घाइतेमध्ये २ जनाको स्वास्थ्य अवस्था गम्भीर भएको घटनास्थलमा उपस्थित स्थानीय प्रदीप श्रेष्ठले जानकारी दिए।

खिम्ति केउरिनि हुँदै मन्थली जाँदै गरेको अरनिको यातायातको बा ५ ख ५६२५ नम्बरको यात्रुबाहक बस  बिहान दुर्घटना भएको हो।

घाइतेलाई स्थानीयले उद्धार गरी अस्पताल उपाचारका लागि अस्पताल लैजाने तयारी गरिरहेका छन्। घटनास्थलमा प्रहरी पुगिनसककेको स्थानीयले जनाएका छन्।

घटनाको थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.