कृषकलाई फलफूलका बिरुवा वितरण
![कृषकलाई फलफूलका बिरुवा वितरण](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_fhTp3zN2c6_A9ktnDsG1b.jpg)
अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कृषकहरूलाई विभिन्न जातका फलफूलका बिरुवा वितरण गरेको छ।
व्यावसायिक कृषकहरूका मागका आधारमा नगरपालिकाको कृषि शाखाले कृषकहरूलाई अनुदानमा लिची, सुन्तला, कागती, मौसम र ड्रागन लगायतका ५ हजार भन्दा बढी फलफूलका बिरुवा वितरण शुरु गरिएको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले बताए।
सन्धिखर्क नगरपालिकाको ४० प्रतिशत अनुदान र कृषकको ६० प्रतिशत लगानीमा कृषकहरूको मागका आधारमा लिची १२ सय ५०, कागती १३ सय ८०, मौसम ५ सय ५०, सुन्तला १७ सय ३० र ड्रागनका १ सय २० फलफूलका बिरुवा वितरण सुरु गरिएको कृषि शाखा प्रमुख भट्टराईको भनाइ छ।
फलफूल खेतीबाट कृषकलाई व्यावसायिक बनाउन र आर्थिक स्वरोजगार बनाउने उदेश्यले फलफूलका बिरुवा वितरण सुरु गरिएको नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए। कृषकलाई बिरुवा वितरण गर्दै नगर प्रमुख श्रेष्ठले कृषि पेशामा लागेर राम्रो काम गर्ने युवालाई नगरपालिकाले प्रोत्साहन गर्ने जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)