स्याङ्जाका १० सामुदायिक विद्यालय नील
स्याङ्जा : हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसईई)मा स्याङ्जाका १० विद्यालय निल भएका छन्। जिल्लाभरका ११ पालिकामध्ये नगरपालिकामध्ये पुतलीबजारका ३ वटा र वालिङ, भीरकोट, गल्याङ, चापाकोटका एकेक विद्यालय नील भएका हुन्।
यसैगरी गाउँपालिकामध्ये आँधीखोला, अर्जुनचौपारी र विरुवा गाउँपालिकाका एकेक विद्यालयका नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालयले जनाएको छ।
नील हुने विद्यालयमा पुतलीबजारका नु. बहाकोट माध्यमिक विद्यालय, श्रवणकुमार माध्यमिक विद्यालय, शारदा माध्यमिक विद्यालय, वालिङ नगरपालिकाको भुम्रे माध्यमिक विद्यालय, भीरकोट नगरपालिकाको शिरुखर्क जोगिस्थान माध्यमिक विद्यालय, गल्याङ् नगरपालिकाको पेलाकोट माध्यमिक विद्यालय, चापाकोट नगरपालिकाको जनजागृति माध्यमिक विद्यालय रहेका छन्।
यसैगरी अर्जुनचौपारी गाउँपालिकाको अमरज्योति माध्यमिक विद्यालय, बिरुवा गाउँपालिकाको जामुनेडाँडा माध्यमिक विद्यालय र आँधीखोला गाउँपालिकाको सेपत शिरानचौर माध्यमिक विद्यालय पनि नील भए। सामुदायिकतर्फ १ सय ३३ र संस्थागततर्फका ३५ वटा माध्यमिक विद्यालयका विद्यार्थी परीक्षामा सहभागी थिए। साधारणतर्फ ३ हजार ९१४ र प्राविधिकतर्फ १५८ जना परिक्षार्थी थिए।
प्रतिक्रिया दिनुहोस !