कसैले तपाईंको फोन माग्यो ? चोरेर भाग्न सक्छन् !

कसैले तपाईंको फोन माग्यो ? चोरेर भाग्न सक्छन् !
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : कतै जाँदै हुनुहुन्छ ? बाटोमा रोकिएर कसैलाई पर्खिरहनुभएको छ  ? यस्तो बेला हतारमा देखिने जस्तो गरी अपरिचित युवाले तपाईंको मोबाइल माग्न सक्छन्। ‘मेरो मोबाइल स्विच अफ भयो, जरुरी फोन गर्नुछ’, आग्रह गर्न सक्छन्। अपरिचितलाई विश्वास गरेर नदिनुहोस्।  तपाईंको मोबाइल लिएर फरार हुन सक्छन्। हाल सहरमा मोबाइल चोरी गरेर रकम ठगी गर्ने गिरोह सक्रिय छन्। 

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार मोबाइल माग्ने र बैंकिङ एपमा एक्सेस पुर्‍याएर ठगी गर्ने ४ जना प्रहरी हिरासतमा छन्। मोबाइल चोरी गर्ने गिरोहमा सिन्धुली फिक्कल  १ घर भई हाल चुच्चेपाटी बस्ने १९ वर्षीय नवराज सुनुवार, बाजुरा गढीमालीका ९ घर भएका  हाल पहेंलो पुल बस्ने १९ वर्षीय सुसन थापा, उदयपुर गाईघाट घर भई हाल कपन बस्ने १९ वर्षीय प्रमेश सुन्दास र सोलुखुम्बु नाम्चे बजार घर  भई हाल कपन बस्ने १९ वर्षीय दोर्जी तामाङ छन्। 

प्रहरीका अनुसार मोबाइल चोरी गर्ने गिरोहहरू प्रायः मानिसहरू भेला हुने, आवतजावत हुने र ट्याक्सी स्टेन्डहरूमा २÷३ जना भेला भएर बस्ने गर्थे। उनीहरूले ट्याक्सी चालकसंँ आफू एक विदेशी पाहुनाको सामान ठमेल लैजान आएको र आफ्नो मोबाइल अफ भएको भन्दै मोबाइल माग्ने गर्थे। विदेशी पाहुनालाई अंग्रेजीमा कुरा गर्नुपर्ने भन्दै फोन हात पार्थे, अनि लिएर भाग्थे।  

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता आर्चायका अनुसार मोबाइल चोरी गरेर फरार भएपछि उनीहरूले बैंकिङ एपमा पहुँच पुर्‍याएर रकम निकाल्ने गर्थे। यो समूहले यसरी चोरी गरेका मोबाइलमार्फत विभिन्न पसलहरूमा सपिङ पनि गर्थे। नाइट क्लब जाने, रक्सी पसलमा खर्च गर्ने गरेका थिए। उनीहरूविरुद्ध विभिन्न व्यक्तिले प्रहरीमा उजुरी दिएका थिए। पछिल्लो समय मोबाइल हराउने तथा चोरी हुने घटना बढ्न थालेपछि प्रहरीले सूक्ष्म रूपमा निगरानी गरेको प्रवक्ता आर्चायले बताए।

उनी भन्छन्, अफ्ठ्यारोमा परेको भन्दै एक कल गर्न दिनु भन्दै सबैले सजिलै मोबाइल दिने गरेकाले पनि ठगी गर्ने गिरोह सक्रिय भएका हुन्। चोरी गरेको मोबाइल फोनबाट उनीहरूले करिब तीन लाख रुपैयाँ बढी डिजिटल वालेटमार्फत ठगी गरेका थिए। उनीहरूसँगै चोरी कार्यमा संलग्न अन्य पनि हुनसक्ने प्रहरीको आंकलन छ।

प्रवक्ता आर्चाय भन्छन्, ‘नचिनेको व्यक्तिलाई सजिलै फोन चलाउन नदिऔं। शंकास्पद लागेमा प्रहरीमा खबर गर्नुहुन अनुरोध छ।’ चारै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.