टीआरसीका विषयमा छलफल गर्न कार्यदलको बैठक जारी

टीआरसीका विषयमा छलफल गर्न कार्यदलको बैठक जारी
सुन्नुहोस्

काठमाडौं : संक्रमणकालीन न्यायसँग सम्बन्धि विषयलाई टुङ्गो लगाउन गठित कार्यदलको पहिलो बैठक बसेको छ। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आज बैठक जारी रहेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। 

कार्यदलमा नेपाली कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक, नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा रहेका छन्।

बिहीबार  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित मुद्दा टुङ्गो लगाउन तीन पार्टीबाट एक/एक जना सदस्य रहने गरी कार्यदल बनाउन सहमति भएको हो।

बर्तौलाले कार्यदलले छलफल गरेर टुंग्याउन बाँकी विषयसहितको प्रस्ताव तयार गरेर शीर्ष नेतृत्वलाई बुझाउने जानकारी दिए। कार्यदलले यसअघिको मस्यौदामा भएका असहमतिका बुँदामा छलफल गरेर साझा धारणा बनाउने तयारी छ।

टीआरसी विधेयकका अधिकांश बुँदामा सहमति भए पनि चार बुँदामा सहमति कायम हुन नसकेको नेताहरूले बताएका छन्। 

मानव अधिकारका गम्भीर उलंघन गर्नेलाई सजायको दायरामा ल्याउनुपर्ने र आममाफि दिन नहुने पक्षमा एमाले रहेको छ। नयाँ सत्ता समिकरण बनेपछि शान्तिप्रक्रिया र संक्रमणकालीन न्याय टुंग्याउने भने पनि सरकारले ठोस पहल गरेको छैन।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.