सुर्खेतमा उद्यमशीलता प्रेरणा सम्मेलन सुरू
![सुर्खेतमा उद्यमशीलता प्रेरणा सम्मेलन सुरू](https://annapurnapost.prixacdn.net/media/albums/karnali_irzFwJwcPK_SIQ02RvABu.jpg)
वीरेन्द्रनगर: सुर्खेतको वीरेन्द्रनगरमा उद्यमशीलता प्रेरणा सम्मेलन सुरु भएको छ । राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा, सिर्जनशील युवा राष्ट्रिय अभियानको सयुक्त आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित उद्यमशीलता प्रेरणा सम्मेलन बुधबार सुरू भएको हो ।
उद्यमशील युवा, सिर्जनशील युवा राष्ट्रिय अभियानका संयोजक भुपेन्द्रजंग शाहीको अध्यक्षता तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलको प्रमुख आतिथ्यतामा सुरु भएको सम्मेलनमा उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाल,श्रम,रोजगार तथा सामाजिक विकास मन्त्रालयमा सहसचिव गोबिन्दप्रसाद रिजाललगायत उपस्थिति थिए।
कर्णालीका युवा उद्यमी तथा उद्यम गर्न चाहने युवारूका लागि उद्यमशीलता प्रेरणा दिनका लागि आयोजित सम्मेलनमा कर्णाली प्रदेशका १० वटै जिल्लाका १८ वर्षदेखि ४० वर्षमुनिका युवा उद्यमीहरूको उपस्थिति रहेको छ ।
कार्यक्रममा उद्यमशीलता विकास,सम्भावना,उद्यम गर्नका लागि बैंक तथा वित्तीय संस्थाबाट लिन सकिने सेवा सुविधाहरूलगायतका विषयमा जानकारी दिनुका साथै उद्यमशीतला सम्बन्धित सफलताका अनुभवहरु आदान प्रदान गरिनेछ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)