दिनदहाडै गोली प्रहार गर्ने दुई युवक पक्राउ

दिनदहाडै गोली प्रहार गर्ने दुई युवक पक्राउ
सुन्नुहोस्

महोत्तरी : गौशालामा दिनदहाडै गोली प्रहार गर्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका-९ भटिहनका ४७ वर्षीय शशी शंकर कापर र महोत्तरीको भंगाहा नगरपालिका-२ बखरी टोलका ३० वर्षीय आशिष कुमार कंठ छन्।

गत जेठ २८ गते गौशाला नगरपालिका-५  मरहा खोलामा साँझ साढे ५ बजे वडा नम्बर ११ बस्ने विनय कुमार सिंहमाथि गोली प्रहार गरी सुनको सिक्री लुटपाट भएको थियो। घटना महतो घाइते भएका थिए। घटनास्थलबाट दुईवटा गोली र दुईवटा गोलीको खोका बरामद भएको थियो। दुवै जनालाई महोत्तरी प्रहरीले आज सार्वजनिक गरेको छ। दुवैजना जेलबाट छुटेका साथी रहेको खुलेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले बताए।

दुवै जना प्र २-००९ प २८६१ नम्बरको मोटरसाइकलमा पेस्तोलसहित लुटपाटमा संलग्न भएको प्रहरीले जनाएको छ। उनीहरूबाट लोड भएका कटुवा पेस्तोल र मोटरसाइकल बरामद भएको छ। घटनापश्चात् शशी शंकर कापर र आशिषले लगाएको कपडा पहिचान लुकाउनका लागि महोत्तरी पिपरा गाउँपालिका-६ रतौलीस्थित खेतमा पेट्रोल छरी जलाई नष्ट गरेको प्रहरी जनाएको छ।

पक्राउ परेका शशी शंकर कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित कैद भएकोमा १० वर्ष कैद भुक्तान गरी जलेश्वर कारागारबाट ५ भदौ २०७९ मा रिहा भएको छ। आशिष भने चोरी तथा डाँका मुद्दामा ३० महिना कैद सजाय भुक्तान गरी जलेश्वर कारागारबाट ७ फागुन २०७९ मा रिहा भएका थिए। शशिशंकर र आशिषसहित लुटपाटका विभिन्न आपराधिक घटनामा संलग्न यसै गिरोहका अन्य तीन जनालाई पनि प्रहरीले सार्वजनिक गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.