बालयौन दुर्व्यवहारमा दोषी ठहर भएका व्यक्ति पक्राउ

बालयौन दुर्व्यवहारमा दोषी ठहर भएका व्यक्ति पक्राउ
सुन्नुहोस्

स्याङ्जा : बालयौन दुर्व्यवहारका दोषी ठहर भएका ६५ वर्षीय भीमबहादुर पौडेल बिहीबार साँझ पक्राउ परेका छन्। बालिकालाई यौन दुर्व्यवहारमा दोषी ठहर भएका उनी १५ महिनापछि पक्राउ परेका हुन्। 

पौडेललाई बालयौन दुरुपयोग मुद्दामा २०७९ चैत २० गते स्याङ्जा अदालतले ६ महिना १७ दिन कैदको फैसला गरेको थियो। त्यसपछि फरार उनी वालिङबाट पक्राउ परेको प्रहरीले जनाएको छ।

नौ वर्षीया बालिका यौन दुर्व्यवहारमा दोषी ठहर भएका उनलाई उनकै घरबाट पक्राउ गरिएको नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.