पहिरोले घर परिँदा बेपत्ता वृद्धाको शव भेटियो
![पहिरोले घर परिँदा बेपत्ता वृद्धाको शव भेटियो](https://annapurnapost.prixacdn.net/media/albums/death-body_ISbsC6AoMz_24tkHaa6SC.jpg)
स्याङ्जा : भीरकोट नगरपालिका-५ ज्यामिरेस्थित गडीभन्ज्याङमा पहिरोले घर पुरिँदा बेपत्ता भएकी ७३ वर्षीया ख्यामकुमारी मल्लको शव भेटिएको छ। शनिबार दिउँसो घरमाथिबाट खसेको पहिरोले घर पुरिएपछि बेपत्ता मल्लको आइतबार साँझ शव भेटिएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
पहिरो झर्दा सासू ख्यामकुमारी मल्ल र बुहारी रिता मल्ल घर भित्र थिए। ख्यामकुमारीका छोरा विदेशमा छन्।
पहिरो खस्दाखस्दै बुहारी रिता घरबाट निस्कन सफल भइन भने उनी निस्कन खोज्दाखोज्दै पहिरोमा पुरिएकी थिइन्। सुरक्षाकर्मी र स्थानीयबासीको निरन्तर खोजी कार्यले दोस्रो दिन शव भेटिएको हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)