कारबाहीप्रति मुकुल ढकालको प्रतिक्रिया : रवि लामिछानेको क्लबबाट निष्काशित भएको हुँ

कारबाहीप्रति मुकुल ढकालको प्रतिक्रिया : रवि लामिछानेको क्लबबाट निष्काशित भएको हुँ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्रीलगायत पार्टीको जिम्मेवारीबाट बर्खास्त गरेपछि डा. मुकुल ढकालले रवि लामिछाने क्लबबाट निष्कासित भएको प्रतिक्रिया दिएका छन्। पार्टीको निर्णय सार्वजनिक भएलगत्तै उनले सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै आफू लामिछानेको क्लबबाट निष्काशित भएको बताएका हुन्।

'रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन ,रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन,घण्टी बज्न रोकिँदैन, बाँकी कुरा भोलि,'उनले सामाजिक सञ्जालमा लेखेका छन्।'

रास्वपाले निलम्बित महामन्त्री ढकाललाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाएको छ। मंगलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टी सदस्य मात्रै रहनेगरी ढकाललाई महामन्त्री,केन्द्रीय सदस्य र प्रवक्ताको जिम्मेवारीबाट हटाएको हो।

पार्टी सह- प्रवक्ता मनिष झाले केन्द्रीय समितिको बैठकले उनलाई पार्टीको सदस्य मात्रै रहनेगरी  सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको जानकारी दिए। उनले केन्द्रीय अनुशासन समितिको सिफारिसमा ढकाललाई जिम्मेवारीमुक्त गरिएको बताए।

केन्द्रीय समितिले गरेको निर्णय चित्त नबुझेमा ३५ दिनभित्र पुनरावेदनका लागि निवेदन दिनसक्ने निर्णय  रास्वपाले गरेको छ।

पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै गत बुधबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री र प्रवक्ताको पद सात दिनका लागि निलम्बन गरेको थियो। थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो।

सोही सिफारिसमाथि छलफल गरी आज केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.