भक्तपुरमा दुई स्कुटर ठोकिँदा एक जनाको मृत्यु

भक्तपुरमा दुई स्कुटर ठोकिँदा एक जनाको मृत्यु
सुन्नुहोस्

भक्तपुर : भक्तपुरको गुन्डूमा दुई वटा स्कुटर ठोकिँदा एक जनाको मृत्यु भएको छ। आज बिहान सवा ६ बजे प्र २ ०२२ प १७ ४८ र प्र २ ०१७  प ५० १२ नम्बर प्लेटको स्कुटर एक आपसमा ठोकिँदा कटुनजेका राम राजा थापा मगरको मृत्यु भएको हो। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरका अनुसार मृत राजा राम थापा मगर सूर्यबिनयक नगरपालिका-५, कटुन्जेका २२ वर्षीय बसिन्दा हुन्।  राजा राम प्र २ ०२२ प १७ ४८ नम्बर प्लेटको स्कुटरमा यात्रा गर्दै थिए।  

कार्यालयका अनुसार मृत थापा मगरलाई टाउकोमा चोट लागे पछि भक्तपुर अस्पताल लगिएको थियो। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक डीएसपी राजन कार्कीले प्र २ ०१७  प ५० १२ मा सवार ४९ बार्षिया पार्वती नगरकोटीलाई उपचारका लागि मध्यपूर अस्पताल लगिएको बताए। 

उनका अनुसार पार्वती नगरकोटीलाई सामान्य घाउ चोट लागेको छ। डीएसपी राजन कार्कीका अनुसार दुर्घटनाका बारे अनुसन्धान भइरहेको उनले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.