मोरङमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

मोरङमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
सुन्नुहोस्

विराटनगर : मोरङमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–१० डाँस खोलामा बिहीबार साँझ दुर्घटना भएको हो । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ क ५०६३ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश–१–०२–०४० प ७८७५ नम्बरको स्कुटरलाई साँझ ६:१० बजेतिर ठक्कर दिएको थियो । 

टिपरको ठक्करबाट स्कुटर चालक इलामको चुलाचुली गाउँपालिका–५ का ३३ वर्षीय सुभाष राईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका राईको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा राति ८ बजेतिर मृत्यु भएको हो । 

दुर्घटनालगत्तै फरार बनेका टिपर चालकलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । चालक रंगेली नगरपालिका–२ का ३५ वर्षीय अमृतलाल उराउलाई पक्राउ गरिएको जानकारी बस्नेतले दिए । 

टिपरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.