कर्णालीमा ८३% धानरोपाइँ सकियो

कर्णालीमा ८३% धानरोपाइँ सकियो
फाइल तस्बिर।
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णालीमा हालसम्म ८३ प्रतिशत रोपाइँ सकिएको छ। गत आर्थिक वर्षमा असार मसान्तसम्म ७३ प्रतिशत धान रोपाइँ भएको थियो। यो वर्ष चाँडै भारी वर्षा भएका कारण धान रोपाइँ चाँडै सकिने अवस्थामा पुगेको हो। 

कृषि विकास निर्देशनालय सुर्खेतका सम्पर्क व्यक्ति धनबहादुर रानाका अनुसार कर्णालीमा हालसम्म ८३ प्रतिशत रोपाइँ सकिएको बताए। उनले भने, जिल्लाअनुसार सुर्खेतमा १५ हजार २ सय ४० हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएकोमा हालसम्म ११ हजार ३ सय २१ हेक्टर जमिनमा रोपाइँ सकिएको छ। जुन कुल धानखेती हुने जमिनको ७५ प्रतिशतमात्र हो। बाँकी २५ प्रतिशत खेतमा धान रोपाइँ भइरहेको छ। 

यस्तै दैलेखमा कुल धानखेती हुने जमिन ७ हजार २ सय २५ हेक्टरमध्ये हालसम्म ५ हजार २ सय २ हेक्टर जमिनमा रोपाइँ सकिएको छ। दैलेखमा हालसम्म ७२ प्रतिशत धान रोपाइँ सकिएको छ। रुकुम पश्चिममा धानखेती हुने जम्मा ३ हजार ४८ हेक्टर जमिनमा २ हजार २ सय ८६ हेक्टरमा रोपाइँ सकिएको छ। जुन ७५ प्रतिशत हो। 

यस्तै जाजरकोटमा धानखेती हुने जम्मा २ हजार ८ सय ५० हेक्टर जमिनमा २ हजार ५ सय ५६ हेक्टर जमिनमा धानखेती सकिएको छ। जुन ९० प्रतिशत हो। सल्यानमा कुल ६ हजार १ सय ३२ हेक्टरमा धानखेती हुँदै आएकोमा हालसम्म ५ हजार २ सय १२ हेक्टर जमिनमा धान रोपाइँ सकिएको छ। जुन ८५ प्रतिशत हो। हिमाली जिल्ला डोल्पामा जम्मा १ सय ९९ हेक्टर जमिनमा धानखेती हुँदै आएकोमा हालसम्म १ सय ८९ हेक्टर जमिनमा रोपाइँ सकिएको छ। जुन ९५ प्रतिशत हो। 

यस्तै मुगुमा कुल ५ सय ९१ हेक्टर जमिनमा धानखेती हुँदै आएकोमा हालसम्म ५ सय २ हेक्टर जमिनमा धान रोपाइँ सकिएको छ। जुन ८५ प्रतिशत हो। जुम्लामा २ हजार ९ सय ५० हेक्टर जमिनमा धानखेती हुँदै आएकोमा हालसम्म २ हजार ८ सय ९१ हेक्टर जमिनमा रोपाइँ सकिएको छ। जुन ९८ प्रतिशत हो। यस्तै, कालीकोटमा जम्मा २ हजार ५ सय १५ हेक्टर जमिनमा धानखेती हुँदै आएकोमा हालसम्म २ हजार १२ हेक्टर जमिनमा रोपाइँ सकिएको छ। जुन ८० प्रतिशत हो। यस्तै हुम्लामा ५ सय ९९ हेक्टर जमिनमा धानखेती हुँदै आएकोमा हालसम्म ४ सय ९९ हेक्टर जमिनमा रोपाइँ सकिएको छ। जुन ७५ प्रतिशत हो। कृषि निर्देशनालय सुर्खेतका प्रमुख चित्रबहादुर रोकायाले यो वर्ष समयमै रोपाइँ सकिने अवस्थामा पुगेकाले पटकपटक वर्षा हुँदा धान उत्पादनमा वृद्धि हुने अनुमान रहेको बताए। उनले भने, धान उत्पादनमा वृद्धि हुँदा खाद्यान्न आयातमा पनि कमी आउने छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.