महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता रमेश बडाललाई नियुक्त गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा १५७ को उपधारा २ बमोजिम बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।