जसपा नेपालले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने

जसपा नेपालले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने
सुन्नुहोस्

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिने भएको छ। जसपा नेपालका नेता राजकिशोर यादवले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने पुष्टि गरे। 'प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन्छौं,' अन्नपूर्णसँग उनले भने। 

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिँदैछन्। त्यसका लागि प्रधानमन्त्री ओलीले संसद सचिवालयलाई पत्र पठाएर जानकारीसमेत गराएका छन्।

नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रधानमन्त्री ओलीले कांग्रेससहित अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा सहभागी गराएका छन्। 

प्रधानमन्त्री ओलीले प्रतिपक्षमा रहेका दलहरूसँग पनि विश्वासको मत माग्ने तयारी गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.