सिंगो देश निराशा बनेकाले जनतालाई भरोसा जगाउन नयाँ सरकार बनेको हो : प्रधानमन्त्री ओली

सिंगो देश निराशा बनेकाले जनतालाई भरोसा जगाउन नयाँ सरकार बनेको हो : प्रधानमन्त्री ओली
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो देश निराशा बनेकाले जनतालाई भरोसा जगाउन नयाँ सरकार बनेको दाबी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले ४६ सालका पुस्ताले यतिचरम निराशा पहिलो पटक भोग्नुपरेको उल्लेख गरेका हुन्। 

उनले भने,‘हामीले देशको जिम्मा लिँदा सिंगो देश यति बेला निराशामा छ। ४६ सालका पुस्ताले यति चरम निराशा सायद पहिलो पटक भोग्नुपरेको हो।’

उनले आयात र निर्यात दुबै घटेको उल्लेख गरे।  प्रधानमन्त्री ओलीले भने,‘अर्थतन्त्र डामाडोल अवस्थामा छ। विकास निर्माणको पनि भद्रगोल रहेको छ। लक्ष्यभन्दा राजश्व निकै कम छ। बैंकमा रकम थुप्रिएको छ।’ उनले निराशा हटाएर तीव्र आर्थिक विकासका लागि वर्तमान सरकारले काम गर्ने धारणा राखे।

उनले पुरानो सरकारको ठाउँमा नयाँ सरकार बनेको र संविधान कानुन बमोजिम विश्वासको मत माग्न संसदमा उपस्थित भएको जानकारी दिए। 

सरकारको तौरतरिकाको कारण उद्योगी व्यवसायीहरू मरीचझैँ चाउरिएको उनको दाबी छ। उनले भने,‘सरकारको तौरतरिकाको कारण उद्योगी व्यवसायीहरू मरीचझैँ चाउरिएको छ, विकास निर्माणका काम लथालिंग छन्। करिब ६० लाख भन्दा बढी जनता निरपेक्ष गरिबीको भुंग्रोमा पिस्सिएको छ। भ्रष्टाचारले सीमा नाघेको छ। त्रिभुवन विमानस्थलमा  युवाहरू विदेश पलायन गर्नेको भीड लागेको छ।’

ओलीले सरकारका पाँच विषय प्राथमिकतामा रहेको प्रष्ट पारे। प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने र हुन नदिने प्रतिबद्धता जनाए। उनले भने,‘जुनसुकै कालखण्डमा भएका भ्रष्टाचार भए पनि तिनका दोषीलाई उन्मुक्ति दिइँदैन।’

उनले अब काम थाल्ने मात्र होइन सरकारले काम सक्ने मिति तोकेर त्यसै अनुसार निर्माणमा तिव्रता दिने धारणा राखे। उनले निर्माण सम्पन्न गरेर बसेका तर भुक्तानी नपाएका निर्माण व्यवसायीको रकम तत्काल भुक्तानी दिने प्रतिबद्धता व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.