साउनको पहिलो सोमबार बागलुङका शिवालयमा भक्तजनको भीड

साउनको पहिलो सोमबार बागलुङका शिवालयमा भक्तजनको भीड

बागलुङ : साउनको पहिलो सोमबार आज बागलुङका शिवालयहरूमा भक्तालुहरूको भीड लागेको छ। साउन महिना र सोमबारको दिनलाई भगवान् शिवको विशेष महिना र बार मानिन्छ। त्यसैले साउनको पहिलो सोमबारका दिन आज बागलुङको गौरिधाम लगायतका शिव मन्दिरहरूमा भक्तजनको भीड लागेको हो।

बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित गौरीधाम शिव मन्दिरमा बिहानदेखि भक्तजनको चहलपहल सुरु भएको छ। भक्तजनको सहजता र सुविधाका लागि आवश्यक सबै प्रबन्ध मिलाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। २०५८ मा निर्मित मन्दिरमा बर्सेनि शिवरात्रि र साउने सोमबारमा विशेष पूजाआजा हुने गर्छ। 

यस्तै, बागलुङ नगरपालिका-९ तित्याङस्थित शिवालय मन्दिरमा पनि बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ। गौरिधाममा पर्वतको नाङ्लीबाङका साथै जिल्ला सदरमुकाम बागलुङ बजारबाट भक्तजनहरू पुग्ने गर्छन् भने तित्याङको शिवालय मन्दिरमा जिल्ला सदरमुकाम बागलुङ बजार र मन्दिर आसपासका गाउँबाट भक्तालु शिवको पूजाआराधना गर्न शिवालयमा पुग्ने गरेका छन्।

यस्तै काठखोला गाउँपालिका-५ रामकोटधाममा रहेको त्रिपुरेश्वर महादेव मन्दिर र वडा नम्बर ७ रेशमा ओदानडाँडा शिवालय मन्दिर, गलकोट नगरपालिका-७ मल्मस्थित सिद्वेश्वर शिवालय मन्दिरमा पनि भक्तजनहरूको भिड लागेको छ।

शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो। साउन महिनाको सोमबार व्रत बसेर शिवको पूजा आराधना मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ। साउन महिनामा हिन्दू धर्मावलम्बी महिलाहरूले सुख शान्ति र समृद्धिको प्रतीक हरियो बस्त्र र चुरा पोतेमा सजिएर व्रत बस्दै भगवान शिवको आराधना गर्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.