हेटौंडाका सबै वडामा आँखाको पर्दा जाँच

हेटौंडाका सबै वडामा आँखाको पर्दा जाँच
सुन्नुहोस्

हेटौंडा : दीर्घ रोगका कारण आँखाको पर्दामा समस्या आउन सक्ने भन्दै हेटौंडा उपमहानगरपालिकाले नगरका १९ वटै वडामा आँखाको पर्दा जाँच कार्यक्रम सुरु गरेको छ। 

हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग तथा टोल विकास संस्था नगर समन्वय समितिको व्यवस्थापनमा नगरका सम्पूर्ण वडामा रहेका मधुमेहका बिरामी तथा ५० वर्ष उमेर समूहका नगरवासीको आँखाको पर्दा जाँच कार्यक्रम सुरु गरेको हो। 

मधुमेह तथा उमेर हदका कारण आँखामा समस्या आउन सक्ने भन्दै मंगलबार हेटौंडा–ؘ१९ सान्नानीटारबाट थालिएको आँखा जाँच कार्यक्रमको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीना कुमारी लामाले उद्घाटन गरेकी हुन्। शिविर १९ नम्बर वडाको तीन स्थानमा सञ्चालन हुने छ।  

नगर प्रमुख लामाले दैनिक रूपमा नगरमा बढ्दै गएका दीर्घ रोगीहरू लक्षित गरी आँखा जाँच कार्यक्रम अघि बढाएको बताइन्। नगरमा १९ वटै वडाका विभिन्न ठाउँमा पुगेर आँखाको अवस्थाबारे जानकारी लिने र उपचारमा सहयोग गर्ने नीति उपमहानगरले लिएको बताइन्। शिविरका कारण घरबाट हिँडडुलका लागि असहज भएकालाई अस्पताल सम्म जानुपर्ने समस्या हटाउनका लागि कार्यक्रम वडा तहसम्म लगिएको बताइन्। 

वडाहरूमा पुग्ने शिविरबाट नगरवासीको आँखाको अवस्था पहिचान हुने र उपचारको लागि मद्दत पुर्‍याउने उद्देश्य रहेको भन्दै उनले उपचारमा समस्या हुनेलाई उपमहानगरले सहयोग गर्ने बताइन्। वडाहरूमा सञ्चालन हुने शिविरका लागि उपमहानगरले अस्पताललाई आँखा जाँचको मेसिन सहयोग गरेको छ। 

सामुदायिक आँखा अस्पतालका प्रमुख डाक्टर सुनिल थकालीले शिविर मार्फत आँखामा सुगर, प्रेसर सहित अन्य समस्याका बारेमा जानकारी गराइने बताए। अस्पतालमा आउने बिरामीहरूको तथ्यांकका आधारमा हेटौंडामा दीर्घ रोगका कारण आँखामा समस्या भएको बिरामीको संख्या धेरै रहेकाले उपमहानगरसँगको सहकार्यमा शिविर सञ्चालन गरिएको बताए। 

आँखा परीक्षण नभएका कारण पर्दामा समस्या आए उपचारका लागि खर्च बढी लाग्नबाट जोगाउन र समयमै उपचारमा लाग्न सहयोग पुर्‍याउन शिविर सञ्चालन गरेका जानकारी दिए। पहिलो दिनको शिविरमा ९० जनाको आँखाको पर्दा परीक्षण गरिएको छ। शिविरमा आएका मध्य मधुमेह (सुगर)का कारण २० जना बिरामीको आँखामा समस्या देखिएको सामुदायिक आँखा अस्पतालका प्रशासन प्रमुख सुधिर श्रेष्ठले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.