संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंग्याउन कार्यदलको बैठक बस्दै

संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंग्याउन कार्यदलको बैठक बस्दै
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिका विषयलाई टुंग्याउन आज बैठक बस्न लागेको हो। संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई पीडितलाई केन्द्रमा राखेर टुंग्याउनका लागि असहमतिका चार बुँदामा सहमतिका लागि दलहरुबीच निरन्तर छलफल भइरहेको छ।

कार्यदल सदस्य एवम् एमाले प्रमुख सचेतक महेश बर्तौलाले मुख्य दलबीच सहमति खोज्ने अन्तिम प्रयास भइरहेको जानकारी दिएमानव अधिकारको गम्भीर उलंघन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्ति र महान्यायाधिवक्ताले गम्भीर मानव अधिकार उल्लंघनको विषयमा घटि माग दाबी लिएर जाने विषयमा सहमति नजिक पुगेको उनको भनाइ छ। उनले चार विषयमा ७० प्रतिशत सहमति जुटेको र आज (बुधबार) बस्ने कार्यदलले टुङ्गो लगाउने बताए।

त्यस्तै कार्यदल सदस्य जनार्दन शर्माले आज बस्ने अन्तिम प्रतिवेदन तयार गरेर शीर्ष तहलाई बुझाउने बताए। सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन यसअघि शीर्ष दलका नेता सम्मीलित तीन सदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदलमा बर्तौला, शर्मा र रमेश लेखक छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.