पुष्पलालको स्मरणमा बर्दिवासमा वृक्षारोपण
महोत्तरी : महोत्तरीको बर्दिवासमा शुक्रवार नेकपा एमाले नगर कमिटीले वृक्षारोपण गरेको छ। नेकपा एमालेका संस्थापक महासचिव पुष्पलालको स्मरणमा विभिन्न प्रजातिको ५ हजार विरुवा रोपिएको हो।
बर्दिवास नगरपालिका-६ टुटेश्वर गाउँभन्दा पश्चिम रहेको बगरमा आयोजित सो वृक्षारोपण कार्यक्रममा एमालेका ३५६ स्थानीय नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
बर्दिबास मेडिकल कलेज निर्माण गर्न विस्थापन गर्नुपर्ने बोट–बिरुवा को सट्टाभर्ना र स्वच्छ पर्यावरणमा योगदान गर्न आयोजित सो कार्यक्रममा मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादवको उपस्थित रहेको एमाले नेता शंकर महतोले जानकारी दिए।