मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु, चालक घाइते

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु, चालक घाइते
सांकेतिक तस्बिर
सुन्नुहोस्

विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–९ खोपीडाँडास्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ। मोटरसाइकल चालक घाइते भएका छन्। 

प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ९ प ५५७५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर आइतबार साँझ ६:३० बजेतिर दुर्घटनामा परेको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार झापाको दमक नगरपालिका–१० का २२ वर्षीय धनराज रिजालको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। 

उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक दमक–१० का २२ वर्षीय रोशन भट्टराई र पछाडि सवार रिजाल गम्भीर घाइते भएका थिए। दुवै जनालाई उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएको थियो। उपचारका क्रममा रिजाललाई ७:१५ बजेतिर चिकित्सकले मृत घोषित गरेको डीएसपी बस्नेतले बताए। 

शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा राखिएको छ। गम्भीर घाइते भट्टराईलाई थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जानकारी बस्नतले दिए। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.