जापानमा छुरा प्रहारबाट तीन जनाको मृत्यु
![जापानमा छुरा प्रहारबाट तीन जनाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/Chhura-Prahar-biratnagar_20180517105033_HdpJg3CEaI_22jfgGfnAL.jpg)
टोकियो : मध्य जापानको शिजुओका प्रान्तमा आइतबार छुरा प्रहारबाट एकै परिवारका तीन जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
जिजी प्रेसका अनुसार स्थानीय समयअनुसार आइतबार दिउँसो २:२५ बजे प्रहरीलाई किकुगावा शहरको आवासीय क्षेत्रमा रहेको एक घरमा एक व्यक्ति अस्वभाविकरूपमा दौडिरहेको सूचना प्राप्त भएको थियो ।
प्रहरी अधिकारीहरूले उक्त घरमा पुग्दा ८७ वर्षीय शोइची शिबुया, उनकी श्रीमती ८१ वर्षीया इकुको र उनीहरूकी ५२ वर्षीया छोरी रुमिको छुरा प्रहारबाट घाइते भएको अवस्थामा फेला पारेका थिए । उनीहरूलाई उपचारका लागि तत्काल अस्पताल लगिए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।
मृतकका नातेदार मानिएका २० वर्षीय एक व्यक्ति फरार रहेको र हत्याको आशङ्कामा उक्त व्यक्तिलाई पक्राउ गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । शिजुओका प्रिफेक्चुरल प्रहरीका अनुसार घटनास्थलमा एउटा चक्कु फेला परेको छ । रासस
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)