बोलेरो दुर्घटनामा कुम्भ मेला जाँदै गरेका छत्तीसगढका १० भक्तजनको मृत्यु, १९ जना घाइते

बोलेरो दुर्घटनामा कुम्भ मेला जाँदै गरेका छत्तीसगढका १० भक्तजनको मृत्यु, १९ जना घाइते
सुन्नुहोस्

नयाँ दिल्ली : प्रयागराजमा कुम्भ मेलामा भाग लिन जाँदै गरेका छत्तीसगढ १० जना भक्तजनको सडक दुर्घटनामा मृत्यु भएको छ। यस दुर्घटनामा १९ जना घाइते भएका छन्। मृतकहरू सबै छत्तीसगढको कोरबा र जांजगीर चम्पा जिल्लाका बासिन्दा रहेका जनाइएको छ।

छत्तीसगढ प्रहरी प्रवक्ताका अनुसार कोरबाबाट १० जना श्रद्धालु बोलेरोमा प्रयागराज जाँदै थि। उत्तर प्रदेशको मिर्जापुर-प्रयागराज राजमार्गमा रहेको मनु का पुरा गाउँ नजिकै राति अबेर उनीहरूको बोलेरो बससँग ठोक्किएको हो।

प्रहरीका अनुसार बससँग ठोक्किँदा बोलेरोको अगाडिको भागमा निकै क्षति पुगेको थियो। बोलेरोमा सवार सबै १० जनाको घटनास्थलमै मृत्यु भएको थियो।

बसमा सवार १९ यात्रु पनि घाइते भएका छन्। जसलाई रामनगरको सरकारी अस्पतालमा भर्ना गरिएको छ। बसमा सवार सबै मध्य प्रदेशको राजगढ जिल्लाका बासिन्दा हुन्। उनीहरु कुम्भमा नुहाएर वाराणसी जाँदै थिए।

राष्ट्रपति द्रौपदी मुर्मुले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन्। उनले इन्स्टाग्राममा लेखेकी छिन्, 'उत्तर प्रदेशको प्रयागराजको मिर्जापुर राजमार्गमा भएको सडक दुर्घटनामा धेरैको मृत्यु भएको खबरले धेरै दुःखी बनाएको छ। मृतकका परिवारप्रति समवेदना व्यक्त गर्छु। सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।'

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि यस घटनाप्रति दुःख व्यक्त गरेका छन्। मुख्यमन्त्री कार्यालयले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेर यो जानकारी दिएको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.