‘राजनीतिक स्थायित्व र आर्थिक परिवर्तनका लागि कांग्रेस-एमाले सरकार’
काठमाडौं : उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले आर्थिक परिवर्तनका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यसअघि छिटो छिटो सरकार परिवर्तन हुँदा अस्थीरता बढेको बताएका हुन्।
उनले राजनीतिक स्थीरताका लागि अहिलेको गठबन्धन बनेको दाबी गरे। ‘राजनीतिक स्थायित्व र स्थीरताको जगमा आर्थिक परिवर्तन, सामाजिक परिवर्तन गर्नेदेखि सबै कुरालाई यावत रूपमा कार्यान्वयन गर्नका लागि यो सरकार गठन भएको छ।’ सिंहले भने ,‘जिम्मेवारी ठूलो छ। त्यसमा तपाईहरूले साथ सल्लाह अनवरत रूपमा दिनुहुनेछ भन्ने विश्वास छ।’
प्रतिक्रिया दिनुहोस !
३