बैतडीका रतोकी ६४ वर्षपछि भेटिए

आश मारेका परिवार कुशको शव बनाउने तयारीमा थिए!

बैतडीका रतोकी ६४ वर्षपछि भेटिए

बैतडी : बैतडीको पुर्चौडी नगरपालिकाका–७का नरसिंह रतोकी ६४ वर्षपछि फेला परेका छन्। २००० सालमा जन्मिएका रतोकी १७ वर्षको उमेरमा भारत जान्छु भनी घरबाट गएका थिए। त्यसपछि हालसम्म फर्किएका थिएनन्। 

वडा नं ७ का वडा सदस्य गामी सिंह रतोकीका काकासमेत रहेका रतोकी बिहिबार जिल्लाको मेलौली नगरपालिकामा बेवारिसे अवस्थामा फेला परेका हुन्। बेवारीसे अवस्थामा प्रहरीले फेला परेका रतोकीलाई शनिबार आफन्तहरुले घर लगेका छन्। 

घरका सदस्यहरुले नरसिंह घर फर्किनेमा विश्वस्त नरेहेको र एक्कासी मेलौलीमा प्रहीले बेवारीसे अवस्थामा भेटिएका भनिएका व्याक्तिको विवरण र तस्बिर हेर्दा पहिचान भएको वडा नं ७ का वडा अध्यक्ष धिरेन्द्रबहादुर बमले जानकारी दिए। 

नरसिंहका भतिजा गामी सिंह रतोकीले अन्तिम पटक भारतको पिथौरागढ लगायतका क्षेत्रमा खोज्ने र नभेटिएपछि कुशको शव बनाएर दाहासंस्कार गर्ने मनस्थिति बनाइसकेको वडा अध्यक्ष बमले बताए। 

‘१७ वर्षको उमेरमै घरबाट गएका हुन्, कहीकतै भेटिएनन्, त्यसपछि नरसिंहका भतिजाहरुले अन्तिम पटक भारतको पिथौरागढका केही ठाउँमा खोज्ने र नभेटिएपछि कुशकै भए पनि शव बनाएर दाहासंस्कार गर्ने तयारीमा थिए,’ वडा अध्यक्ष सदस्यसमेत रहेका रतोतकीका भतिजा गामी सिंह रतोकीले अन्नपूर्णसँग भने, ‘बिहिबार मेलौलीमा भेटिए, अब खुसीकासाथ घर लैजाँदै छौँ।’  

बिहिबार भेटिएका रतोकीको मानसिक अवस्था कमजोर भइसकेको छ। १७ वर्षको उमेरमा बिहे भएको भए पनि उनी बेपत्ता भएपछि श्रीमती पनि अन्तै गएकी बुझिएको छ।

बेपत्ता रतोकीलाई ईलाका प्रहरी कार्यालय तस्वदेही मेलौलीको टोलीले वडा नं ५ सिरोडाको जङ्गलबाट उद्धार गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.