बडिगाड पहिरो : बेपत्ता एक बालकको शव फेला

बडिगाड पहिरो : बेपत्ता एक बालकको शव फेला

बागलुङ : बागलुङको बडिगाडगाउँपालिका-१० आरुपाटामा मंगलबार खसेको पहिरोले घर पुरिँदा बेपत्ता भएका ३ वर्षीय एक बालकको शव फेला परेको छ। बुधबार नेपाल प्रहरी, नेपाली सेना र स्थानीयहरुले ३ वर्षीय आरुष थापाको फेला पारेको हो।

पहिरोमा ३ जना अझै बेपत्ता छन्। बेपत्ता ७ वर्षकी मधु बुढा, १० वर्षका मनोज बुढा र ११ वर्षका सुमन थापाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए।

त्यस्तै पहिरोमा परी गम्भीर घाइते भएका १९ वर्षीय रिमा पुन, ३१ वर्षीय सीता थापा र ४६ वर्षीय संगीता बुढालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। उनीहरूलाई बुधबार हेलिकोप्टरबाट काठमाडौंस्थित शिक्षण अस्पतालमा लगिएको डीएसपी यादवले बताए। अन्य घाइतेलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको छ।

स्थानीय जोगबहादुर बुढाको घर मंगलबार बिहान पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए। प्रतिकूल मौसमका कारण घाइतेलाई मंगलबार उद्धार गर्न सकिएको थिएन। उद्धारको लागि काठमाडौंबाट मंगलबार नै नेपाली सेनाको हेलिकोप्टर आए पनि बडिगाडमा अवतरण गर्न नसक्दा जिल्ला समदरमुकाम बागलुङमा रहेको श्री २३ नम्बर बाहिनी अड्डामा अवतरण गरेको थियो। घाइतेलाई बडिगाड गाउँपालिकाको स्वास्थ्यकर्मीको टोलीले मंगलबार नै घटनास्थलमा पुगेर प्राथमिक उपचार गरेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.