प्रचण्डको ब्रिफिङ : सुशासन र भ्रष्टाचारविरोधी कामलाई अहिलेको सरकारले रोक्यो

प्रचण्डको ब्रिफिङ : सुशासन र भ्रष्टाचारविरोधी कामलाई अहिलेको सरकारले रोक्यो
फाइल तस्बिर

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबारबाट सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाडाँमा शुक्रबार बसेको बैठकमा विभिन्न चार एजेण्डामाथि छलफल सुरु भएको प्रवक्ता अग्नि सापकोटाले बताए। बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक विकसित घटनाक्रमबारे ब्रिफिङ, वैचारिक, राजनीतिक, सांगठनिक परिस्थिति र कार्यभार तथा विविध एजेण्डामाथि छलफल सुरु भएको उनले बताए। 

पहिलो एजेण्डाका रुपमा रहेको पछिल्लो राजनीतिक विकसित घटनाक्रमबारे ब्रिफिङमा अध्यक्ष प्रचण्डले टीआरसी विधेयक पारित भएको र आगामी संसदको बैठकमा पेश हुने जानकारी गराएका थिए। बंगलादेश घटनाप्रति शिक्षा लिएर जनताको कुरा सुन्नुपर्नेमा पनि प्रचण्डको जोड रहेको सापकोटाले जानकारी दिए।

त्यस्तै अघिल्लो सरकारले गरेको सुशासन र भ्रष्टाचार विरोधी काम अगाडि बढाउनुको सट्टा अहिलेको सरकारले त्यसलाई अवरोध सिर्जना गर्ने काम गरिरहेको प्रचण्डले बताएका सापकोटाको भनाइ छ।

त्यस्तै स्थायी कमिटी बैठकले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका प्रति दुख व्यक्त गर्दै परिवारलाई उचित राहत तथा क्षतिपूर्ति दिन माग गरेको छ। बस दुर्घटना, बाढी पहिरोबाट भएको क्षति न्यूनीकरण गर्दै पीडितलाई आवश्यक राहत दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको प्रवक्ता सापकोटाले बताए। माओवादी स्थायी कमिटी बैठक शनिबार ११ बजे बस्ने उनले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.