डेंगु र हैजाका संक्रमित बढे

डेंगु र हैजाका संक्रमित बढे

काठमाडौं : पछिल्लो समय डेंगु र हैजाका संक्रमितको सङ्ख्यामा वृद्धि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु संक्रमितको सङ्ख्यामा तीन हजार ८४ जना पुगेको छ। 

चार दिनयता सात सय २२ जना डेंगु संक्रमित थपिएका हुन्। यही साउन २१ गते दुई हजार तीन सय ६५ जनामा डेंगु पुष्टि भएको थियो।  यो सङ्ख्या शुक्रबारसम्म तीन हजार ८४ रहेको महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जानकारी दिए। 

उनका अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ। सबभन्दा बढी डेंगु तनहुँमा पाँच सय ८३ जनामा देखिएको छ। काठमाडौं जिल्लामा तीन सय सात, कास्कीमा एक सय ६६ र झापा एक सय ३५ जना डेंगु संक्रमित देखिएका छन्। 

स्वास्थ्य मन्त्रालयले डेंगु संक्रमितको सङ्ख्या बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ। ‘सरकारी अस्पतालमा डेंगु रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ। 

४७ मा हैजा पुष्टि

यस्तै महाशाखाका अनुसार हैजाका बिरामीका सङ्ख्या ४७ पुगेका छन्। किटजन्य रोग शाखाका प्रमुख डा दाहालले ललितपुर, काठमाडौं, प्यूठान, कैलाली र रुपन्देहीमा हैजाका बिरामी देखिएका बताए।  उनका अनुसार ललितपुरमा ३४, काठमाडौंमा दुई, कैलालीमा आठ , प्यूठानमा दुई  र रुपन्देहीमा एक जनामा हैजा पुष्टि भएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.