विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी, नियन्त्रणको प्रयास जारी

विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी, नियन्त्रणको प्रयास जारी
सुन्नुहोस्

विराटनगर : विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी भएको छ। आइतबार दिउँसो ३ बजेतिर आगलागी सुरु भएको हो। 

आगो नियन्त्रणको प्रयास जारी छ। विराटनगर महानगरपालिकाको दकमल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको हो। बाहिरबाट हेर्दा धुवाँको मुस्लो उडिरहेको देख्न सकिन्छ। 

अस्पतालका प्रशासन प्रमुख निरज श्रेष्ठका अनुसार दिउँसो ३ बजेतिर अचानक आगलागी सुरु भएको हो। आईसीयूमा बिरामी भने नरहेको उनले बताए। खाली रहेको आईसीयूमा आगलागी भएको देखेपछि अस्पतालको अन्य वार्डका बिरामी र कुरुवाहरू भने त्रासमा देखिन्छन्।

आगलागीका कारण अस्पतालको सेवा प्रवाह अवरुद्ध बनेको जानकारी श्रेष्ठले दिए। उनले विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने बताए। ‘आगो नियन्त्रणको प्रयास जारी छ,’ श्रेष्ठले भने, ‘क्षतिको विवरण यकिन छैन।’

nullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.