रास्वपा संसदीय दलको बैठक बस्दै
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक आज बोलाइएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बिहान बिहान १०:३० बजेका लागि संसदीय दलको बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
आजको प्रतिनिधि सभा बैठकमा प्रतिनिधिसभामा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
झाका अनुसार संसदीय दलको बैठकमा संसदमा प्रस्ताव हुने उक्त विधेयक सम्बन्धमा छलफल हुनेछ। उनका अनुसार प्रतिनिधिसभाको बैठक र समितिमा छलफल भइरहेका विधेयकसम्बन्धी विषयमा पनि छलफल हुनेछ।
प्रतिक्रिया दिनुहोस !