सत्कर्म नै धर्म
सक्छौ बाँड नसके बाँड्न सिकाऊ। चारैतिर सकारात्मक सोच छरिदेऊ त्यो धर्म हो। जोसँग गाँस बाँडेर खाने हिम्मत हुन्छ। जस्ले अरूलाई झुक्याउन, छक्याउन जानेको छैन्, त्यो उस्को सबैभन्दा ठूलो धर्म हो।
हामीले गरिरहेको सत्कर्म नै सबैभन्दा ठूलो धर्म हो। जब मनमा सुविचार आउँछ तव मनमस्तिष्क भित्रबाट नै सकारात्मक सोचाइ आउँछ। त्यो नै धर्म हो। धर्म देखिने चिज होइन मन भित्रभित्रै महसुस हुने सत्यता नै धर्म हो।
कुनै ज्येष्ठ नागरिक वा असहाय व्यक्तिलाई सहयोग गर्दा जुन शब्द बोल्नु हुन्छ त्यहाँ एउटा ठूलो पुण्य प्राप्ति हुन्छ। त्यो नै धर्म हो। सक्छौ बाँड नसके बाँड्न सिकाऊ। चारैतिर सकारात्मक सोच छरिदेऊ त्यो धर्म हो। जोसँग गाँस बाँडेर खाने हिम्मत हुन्छ। जस्ले अरूलाई झुक्याउन, छक्याउन जानेको छैन्, त्यो उस्को सबैभन्दा ठूलो धर्म हो। जसको नजरलाई गिद्धको दर्जा अथवा नजरसँग दाँजिएको छैन, त्यो नै उस्को धर्म हो। बाँडेर खाने क्षमता छैन् तर बाँडेर खानुपर्छ भन्ने सन्देश छरेको छ त्यो नै धर्म हो। मानव हुनुमा धेरै कुरा उस्को रगतमा बगेको हुनुपर्छ। मुखमा रामराम बगलीमा छुरा भनिन्छ नि। त्यहाँ सोचौं त भगवान्को नाममा पनि अपमान भइरहेको छ। हामी प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा सजायको भागीदार हामी भइरहेका हुन्छौं। मनको सत्यता नै सबैभन्दा उत्कृष्ट धर्म हो। धर्मको नाम जोडेर गरिएका तुच्छ व्यवहार नै अधर्म हो। अधर्मको विनाश अन्त्यमा निश्चित हुन्छ।
धर्म र संस्कार आफैंमा एउटा यस्तो शक्तिशाली चिज हो जुन न कसैले अन्त्य गर्न सक्छ वा नास गर्न सम्भव नै छ ! धर्मको दुरुपयोग गर्नु भनेको आफैंले आफैंलाई सत्यानास गर्नु हो ! धर्मको अपमान भनेको सिंगो धर्मको अन्त्य गर्नु हो ! कुनै पनि धर्मको संस्कार कहिल्यै गलत हुँदै हुँदैन्। कुनै पनि धर्मले गलत सिकाउँदैन। हामीले मन्दिर रोजेर र भगवान् खोजेर कहिले पनि आफ्नो चाहना परिपूर्ति गर्न सक्दैनौं। मनको भक्ति भावले पूजा आराधना गरौं भगवान्का अनेक रूप छन्। हामी पनि त फरक–फरक लुगा लगाउँदा बेग्लै देखिन सक्छौंं। अरूप्रतिको लोभ लालच, कुदृष्टिले लाभ हुन्छ भन्ने कुनै पनि धर्मशास्त्रमा लेखिएको पाइँदैन। यो सब विचारले कसैको पनि भलो नभई यसले अन्तिममा खाडलमा पु¥याउने काम गर्छ।
धैर्य र सहनशीललता जो कसैमा हुँदैन। एउटी आमा दिनभरिको कामको थकान पछि पुनः काममा फर्किन्छिन् उनको थकाइ मेट्ने चिज भनेको दिनभरि छोडेको दूधेबालक जब झ्वाम्म उनको काखमा आउँछ। दिनभरि थाकेको शरीर भोक, प्यास सरर विलीन भइदिन्छ र फेरि उनी आफ्नो कामलाई निरन्तरता दिन भान्सातर्फ लाग्छिन्। कसैले उनलाई बुझोस् वा नबुझोस् आफ्नो कर्तव्यबाट कहिल्यै चुक्न चाहँदैनन्।
एउटा पुरुष कामबाट विश्राम गर्न घर फर्किन्छ र आफ्नो शरीरलाई आराम दिन्छ उसको शरीरले पनि आराम पाउँछ। सायद सहनशीलता मानिसको सबैभन्दा ठूलो सम्पत्ति हो। सत्यको जित अन्त्यमा छ तर असत्यको जित क्षणभरमै हुन सक्छ। धर्मको दुरुपयोग गर्नु पाप मात्र होइन महापाप हो। कुनै पनि धर्मले असल व्यक्तिको चरित्र माथि औंला उठाउन सक्दैन ! खराब त त्यहीँ ठहरिन्छ जसमा घमण्ड छ अह्मता छ ! जस्ले आफ्नो आत्मालाई ठगेको हुन्छ। आफू गलत हुँदाहुँदै असल व्यक्तिलाई गलत साबित गर्ने चेष्टा गरिरहेको हुन्छ। त्यो नै अधर्म हो, पाप हो त्यस्को मूल्यांकन अन्तमा अवश्य हुने छ।
यदि संसारमा गीताशास्त्र हँुदैनथ्यो भने सायद हामीले न्याय अन्याय, जित हार, सत्य असत्य, विश्वास र धोकाजस्ता अन्य अनगिन्ती शब्द सुन्न, भोग्न र अनुभव गर्न सक्दैन्थ्यौ। आज गीताशास्त्रले विश्व हल्याएको र विश्वभर नै गीताशास्त्र प्रख्यात छ यो सत्य हो। यो सत्यलाई बचाइराख्नु हामी सबै धर्म र कर्तव्य हो।
सबै आत्मा स्वच्छ र पवित्र भएको राम्रो फेरि यसरी संसार नचल्ने भएर यो सब सृष्टि भयो। मन्दिरमा मात्र शुद्ध आत्मा भेटिने भए ती पुजारी बुवाले सबै पूजाका थाली र मानिसलाई किन समान व्यवहार गरिँदैन्। आत्मा महिनौंदेखि नुहाउन नपाएको सडकमा अरूले फालेको जुठो खाएर बाँचेकाको पनि त हुन्छ।
कति मिठासपूर्ण हुन्छन् ती बोली। यी सबै कुरा शुद्ध र पवित्र आत्माबाट आफैं विस्फोट हुन्छन्। देखावटी कुरा र व्यवहारले छिनभरको लागि मात्र आनन्दता दिलाउँछ जुन चिज क्षणिक हुन्छ त्यो कहिले पनि सत्य हुँदैन। एउटा धार्मिक स्थानमा सबै शुद्ध हुँदैनन्। किनकि त्यहाँ पनि त छलकपट गरेर लाइन मिच्ने, चोरी गर्नेको संख्या बढी मात्रामा सुन्न देख्न र आफैंले अनुभव गरेका क्षणहरू होलान्। सबै आत्मा पनि त स्वच्छ हुँदैन्। भन्छौ नि बच्चा भनेको भगवान्को रूप हुन् के दैत्य जति सबै युवा अवस्थाबाट उत्पत्ति भएका होइनन् होला। कसैलाई पनि आफू विशुद्ध हुन् मन लाग्दैन यो सब लेखान्त हो।
सदैव आफ्नो मनलाई आफैंले बुझाउँदा जित हासिल हुँदो रहेछ यस्मा पनि सत्यता छ। आफूले आफूलाई जबसम्म बुझाउन सकिरहेको हुँदैन हार त खेपिरहनु नै पर्छ। सत्य र धर्म असल परम मित्र हुन् जहाँ सत्यता त्यहाँ धर्म छ।