स्याङ्जामा नागरिकताभन्दा राहदानी लिनेको संख्या बढी

स्याङ्जामा नागरिकताभन्दा राहदानी लिनेको संख्या बढी
जिल्ला प्रशासन कार्यालय, स्याङ्जा। तस्विर : भवानी अधिकारी।
सुन्नुहोस्

स्याङ्जा : स्याङ्जामा नागरिकताभन्दा राहदानी लिनेको संख्या बढी देखिएको छ। गतवर्ष नागरिकता भन्दा ५ हजार ३३५ वटा बढी राहदानी लिएको पाइएको हो।  

आर्थिक वर्ष २०८०/८१ मा प्रशासन कार्यालय स्याङ्जाबाट ९  हजार ४८७ वटा नागरिकता नागरिकता वितरण भएको हो। यी वंशका आधारमा लिएका नागरिकता हुन्। 

यसैगरी, १४ हजार ८२२ वटा राहदानी वितरण भएको थियो। सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालय र वालिङस्थित इलाका प्रशासन कार्यालयबाट नागरिकता तथा राहदानी वितरण हुँदै आएको छ। 

जिल्लाको भौगोलिक अवस्थालाई मध्यनजर गर्दैं जिल्लाको मध्यभाग पार्ने गरी वालिङमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ। यसो गर्दा उत्तरतर्फ जिल्ला प्रशासनमा र दक्षिणतर्फका नागरिकलाई इलाका प्रशासन मार्फत प्रशासनिक सेवा सुविधा उपलब्ध गराउँदै आइएको छ।

यसैगरी वैवाहिक अङ्गीकृत नागरिकता लिनेमा स्याङ्जाका २४ जना रहेको  सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले जानकारी दिए। 

२५ हजार ४०९ राष्ट्रिय परिचयपत्र वितरण भएको र पुराना नागरिकताका अभिलेखीकरण गर्ने कार्य सबै सकिएको सूचना अधिकारीसमेत रहेका पौडेलले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.