अर्घाखाँचीमा १८ जना फरार प्रतिवादी पक्राउ

अर्घाखाँचीमा १८ जना फरार प्रतिवादी पक्राउ
सुन्नुहोस्

अर्घाखाँची : फरार रहेका प्रतिवादीहरूलाई धमाधम पक्राउ पर्न थालेका छन्। जिल्ला अदालतले कैद भुक्तानीको सजाय सुनाएका तर कैद भुक्तानी नगरेर फरार रहेकाहरूलाई जिल्ला प्रहरी कार्यालयको टोलीले देशका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
 
मानव बेचबिखन तथा ओसार पसार, बैंकिङ कसुर, सवारी ज्यान, कुटपिट अङ्खभङ्ख, राष्ट्रिय बनमा आगोलागी, चोरी, जबरजस्ती करणी, लागुऔषध, गर्भ संरक्षणलगायतका विभिन्न मुद्दामा अदालतले फैसला सुनाएका तर फरार रहेकाहरू १८ जनालाई पक्राउ गरी अदालतको आदेशअनुसार जेल चलान गरिएको प्रहरी प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए। 

पक्राउ गरेका उनीहरूलाई अर्घाखाँची अदालतमा बुझाउने र अदालतले कैद भुक्तानीको लागि कारागार पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी मल्लको भनाइ छ।
  
यस आर्थिक वर्षमा विभिन्न मुद्दामा कैद सजाय तोकिएका तर फरार रहेका १८ जना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले बताए। 

जिल्ला प्रहरी कार्यालयमा कर्यालय प्रमुखको रूपमा डीएसपी चक्रबहादुर मल्ल आएपछि फरार प्रतिवादी प्रकने कार्यले तीब्रता पाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.