सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको १ लाख ५३ हजार
![सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको १ लाख ५३ हजार](https://annapurnapost.prixacdn.net/media/albums/gold_5kwfkIsnMC_GzJKigtY5r.jpg)
काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुनको मूल्य आज नेपाली बजारमा प्रतितोला एक लाख ५३ हजार कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन प्रतितोला एक लाख ५३ हजारमा कारोबार हुने गरी निर्धारण भएको छ । मङ्गलबार प्रतितोला एक लाख ५२ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आज आठ सयले वृद्धि भइ नयाँ रेकर्ड कायम गरेको हो ।
यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ । मङ्गलबार प्रतितोला एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ३५ निर्धारण भएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)