रास्वापाले मुकुल ढकाललाई फेरि स्पष्टीकरण सोध्ने

रास्वापाले मुकुल ढकाललाई फेरि स्पष्टीकरण सोध्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वमहामन्त्री डा.मुकुल ढकाललाई दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।  पार्टी कार्यालय बनस्थलीमा बुधबार बसेको रास्वपा केन्द्रीय समितिले ढकाललाई साधारण सदस्यसमेतबाट किन कारवाही नगर्ने भन्दै २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

त्यस्तै बैठकले स्थानीय तहमा हुने उपनिर्वाचनमा सहभागी हुने निर्णय समेत गरेको छ । रास्वपा चौथो दल भएकाले स्थानीय तहको उपनिर्वाचन सहभागी हुने र त्यसका लागि आवश्यक तयारी थाल्ने निर्णय भएको झाले बताए।

बैठकले असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्नका लागि केन्द्रीय समितिलाई आयोजक समिति बनाउने निर्णय गर्दै राष्ट्रिय भेला अघि सातै प्रदेशमा विशेष अभियान सञ्चालन गर्ने कार्यबाहक प्रवक्ता झाले जानकारी दिए । 

बैठकले भ्रष्टाचार कसुरमा हदम्याद राख्न नहुने अडान रहेको भन्दै अन्य विषयमा पनि सदनमा शसक्त रुपमा प्रस्तुत हुने निर्णय गरिएको झाले बताए।  बैठकले संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन गरेको छ । बैठकमा पार्टी सभापति रवि लामिछानले पछिल्लो राजनीतिक अवस्थाका बारेमा विफ्रिङ गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.