घर भाडामा लिएर चप्पल तस्करी, १६ लाख बराबरको बरामद

घर भाडामा लिएर चप्पल तस्करी, १६ लाख बराबरको बरामद

विराटनगर : मोरङको रंगेलीमा घरका कोठा भाडामा लिएर विभिन्न ब्राउण्डका चप्पलको तस्करी गरेको पाइएको छ। अवैध चप्पल भण्डारणस्थलमा प्रहरीले बिहीबार दिउँसो छापा हानेर १६ लाख बराबरको चप्पल बरामद गरेको छ। अलगअलग स्थानका भण्डारणस्थलमा इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले छापा हानेको हो। 

भारतबाट तस्करी गरेर ल्याइएको चप्पल रंगेली नगरपालिका-३ आमतोला र रंगेली-८ दर्वेसाबाट बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार आमतोलास्थित नजिया खातुनको घरको कोठाबाट ११ लाख मूल्य बराबरको १६ बोरा र दर्वेसास्थित यज्ञ अग्रवालको घरको कोठाबाट ५ लाख बराबरको ६ बोरा चप्पल बरामद भएको छ। 

‘एउटा बोरामा ३ सयदेखि ६ सय जोडीसम्म चप्पल भेटिएका छन्,’ बस्नेतले भने, ‘जम्मा ८ हजार जोडी चप्पल बरामद गरिएको छ।’ अवैध धन्दा चलाइरहेका व्यक्तिले खातुन र अग्रवालको घरको कोठा भाडामा लिएर विभिन्न ब्राण्डका चप्पल तस्करी गरी ल्याउँदै भण्डारण गरेर राख्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तस्करीमा घरधनीको संलग्नता नपाइएको उनले बताए। 

चप्पल तस्करीमा संलग्नको पहिचान खुल्न बाँकी  छ। डीएसपी बस्नेतका अनुसार नाम, थर र वतन नखुलेका बंगाली भनेर चिनिने व्यक्तिले भन्सार छली गरेर विभिन्न ब्राण्डका चप्पल तस्करी गरी ल्याउँदै घरको कोठा भाडामा लिएर भण्डारण गरी राखेको सूचना प्रहरीलाई आएको थियो।  

ती व्यक्तिले ५ महिना अघिदेखि घर भाडामा लिएर भारतबाट चप्पल तस्करी गरेर नेपाल भित्राउने गरेको प्रहरीले जनाएको छ। प्रहरी आएको थाहा पाएर चप्पल तस्करीको धन्दा चलाइरहेका व्यक्ति भने फरार बनेका थिए। उनको खोजी तीव्र पारिएको जानकारी बस्नेतले दिए। बरामद भएका चप्पल आवश्यक अनुसन्धान र कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.