रास्वपालाई तत्कालीन महामन्त्रीको जवाफ

मुकुल ढकालको दावी : रविले भ्रष्टाचार, पासपोर्ट दुरूपयोग र सहकारी ठगी गरेको प्रमाण मसँग छ

मुकुल ढकालको दावी : रविले भ्रष्टाचार, पासपोर्ट दुरूपयोग र सहकारी ठगी गरेको प्रमाण मसँग छ

ढकालले पार्टी विधान र आचारसंहिता विपरीत आफूले कुनै काम नगरेको दावी गर्दै लामिछानेको निरङकुशता, व्यक्ति केन्द्रित व्यवहार र सोचबाट पार्टी जोगाउन लागिपरेको जिकिर गरेका छन्। उनले सहकारी,भ्रष्टाचार ,राहदानी दुरूपयोगलगायत प्रकरणमा लामिछाने दोषी करार गर्न आफूसँग प्रमाण भएको दावी गरेका छन्।

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री मुकुल ढकालले पार्टीले सोधेको दोस्रो स्पष्टीकरणको जवाफ दिएका छन्। भदौ ५ गते बसेको रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई  साधारण सदस्यबाट पनि किन नहटाउने भन्दै स्पष्टीकरण माग गरेको थियो । उनले त्यसको जवाफ दिँदै आफूमाथिको कारबाही पार्टीको विधान,नियमावली,कार्यविधि,पार्टी केन्द्रीय समितिको विगतको निर्णयको बर्खिलाप भएको बताएका छन्। पार्टीलाई स्वार्थको झुन्डबाट बचाउन आफूले केही कदमहरू चालेको बताउँदै  उनले त्यो कदमलाई पार्टीको हित विपरीत भन्नु सरासर गलत भएको बताएका छन्।

यसअघि ३० साउनमा पनि रास्वपाले मुकुलसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो। जसको जवाफमा ढकालले सभापति रवि लामिछानेलाई नैतिक धरातलमा उभिएको पुष्टि गर्न चुनौती दिएका थिए। रास्वपाले २५ असारमा ढकाललाई महामन्त्री,प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो।  

सचिवालयले सोधेको स्पष्टीकरणमा ढकालले चित्त बुझ्दो जवाफ नदिएपछि केन्द्रीय समिति बैठकले दोस्रोपटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। उनले दोस्रो पटक स्पष्टीकरण सोधेर सभापति रवि लामिछानेले पार्टीमा विधिविधान विपरीत,थितिरहित हैकमे निरङ्कुश शासन चलाइरहेको आरोप लगाउँदै आफू पार्टी जोगाउन लागिपरेको बताएका छन्। उनले आफूमाथि गरिएको कारबाहीको कागजात प्रमाणहरूको प्रतिलिपि माग्दा सभापति लामिछानेले उल्टै स्पष्टीकरण पठाएको आरोप लगाएका छन्।

स्पष्टीकरणको जवाफ दिँदै उनले भने,'उपरोक्त सम्बन्धमा मलाई “पुनः स्पष्टीकरण पेश गर्ने बारे” विषयमा प.सं. ०८१/८२ च.नं. ०५७ मिति २०८१/०५/०५ गते कविन्द्र बुर्लाकोटी हस्ताक्षरित पत्र प्राप्त भएकोमा मैले मिति २०८१/०४/२८ मा तपाईं रवि लामिछाने,पार्टी सभापतिलाई सम्बोधन गरी ममाथि गरिएको भनिएको कारबाहीको कागजात प्रमाणहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गरिपाऊँ भनी लेखिएको पत्र पार्टी कार्यालयमा दर्ता नगरी उल्टै स्पष्टीकरणको पत्र पठाउनु भयो । साथै मिति २०८१/०४/३१ गते तपाईँ रवि लामिछानेलाई सम्बोधन गरी मैले मलाई गरिएको भनिएको कारबाहीको कागजात प्रमाणहरूको प्रतिलिपि माग गरिएको मिति २०८१/०४/२८ मा लेखिएको पत्रका बारेमा स्मरण गराएको थिएँ । मेरो माग बमोजिम प्रमाणहरूको प्रतिलिपि माग गरिएको पत्र दर्ता गरी सो बमोजिम कागजात उपलब्ध गराउनको सट्टा यसरी फेरी स्पष्टीकरण सोध्नाले तपाईँले पार्टीमा विधि विधान विपरीत,थितिरहित हैकमे निरङ्कुश शासन चलाइरहेको स्पष्ट हुन्छ । मेरो माग बमोजिम कागजात उपलब्ध गराउनु हुन पुनः अनुरोध गर्दछु । '

उनले पार्टी विधान र आचारसंहिता विपरीत आफूले कुनै काम नगरेको दावी गर्दै लामिछानेको निरङकुशता, व्यक्ति केन्द्रित व्यवहार र सोचबाट पार्टी जोगाउन लागिपरेको जिकिर गरेका छन्। उनले सहकारी,भ्रष्टाचार ,राहदानी दुरूपयोगलगायत प्रकरणमा लामिछाने दोषी करार गर्न आफूसँग प्रमाण भएको दावी गरेका छन्। 

'पार्टीको विधान र आचारसंहिता विपरीत मैले कुनै काम गरेको छैन। बरु पार्टी जोगाउन म लडिरहेको छु । आज पार्टीलाई तपाईँ रवि लामिछानेको निरङ्कुशता, व्यक्ति केन्द्रित व्यवहार र सोचबाट जोगाउन लागिपरेको छु । तपाईं उपर सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टी विरुद्ध लाग्नु होइन । प्रश्नका माध्यमबाट पार्टी शुद्धीकरण गर्न पाउने नेपालको संविधानले नै दिएको मेरो लोकतान्त्रिक र राजनीतिक अधिकार हो । तपाईँ रवि लामिछानेले सहकारीमा ठगी गर्नु भएको छ, तपाईंले मन्त्री हुँदा भ्रष्ट्राचार गर्नु भएको छ र तपाईं राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु । सहकारी मुद्दामा तपाईँ ६–८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्नुहुन्छ, भ्रष्ट्राचार मुद्दामा पनि जेल जान सक्नुहुन्छ । राहदानी दुरुपयोगमा तपाईं कहिले निर्वाचनमा भाग लिन पाउनु हुन्न । यी सँगै अन्य धेरै ठाउँमा किर्ते , ठगीमा संलग्न हुनुहुन्छ । आफू ठगी, भ्रष्ट्राचारी र राहदानी दुरुपयोगको अपराधी होइन भनेर प्रमाणित गर्नुको सट्टा तपाईँ दुराशयका साथ ममाथि कारबाहीको प्रयास गर्दै हुनुहुन्छ । आम पार्टी सदस्य एवं नेतागणका राजनीतिक भविष्यलाई तपाईंले कसरी आफ्नो निहित स्वार्थका लागी प्रयोग गरिरहनु भएको छ, म त छर्लङ्गै छु ,'उनले भनेका छन्,' पार्टीमा तपाईंले गरेको कुकर्मको पर्दाफास गर्नु पार्टीको संस्थापकको हैसियतले मेरो कर्तव्य हो । आफ्नो वाक कलाको आधारमा जनतालाई भ्रमित पार्दै हुनुहुन्छ र प्रश्न गर्नेलाई कारबाहीको डन्डा चलाउने दुस्साहस गर्दै हुनुहुन्छ । यसले नेपाली माटोमा नै लोकतन्त्रमाथि खतरा उत्पन्न भएको छ । आज पार्टी जोगाउनकै लागि म बोल्दै गर्दा कारबाही गर्ने प्रयास जुन गर्नुहुँदै छ।यसको परिणाम स्वरूप पार्टीमा कसैले बोल्ने हिम्मत गर्ने छैनन् । '

पार्टी स्थापना गर्दा लोकतान्त्रिक पार्टीको परिकल्पना गरिएको  तर २ वर्ष नबित्दै पार्टीको लोकतन्त्र शब्दमा मात्र सीमित भएको उनको भनाइ छ। नेपाली जनताले पटकपटक बलिदानी र त्याग गरेर ल्याएको लोकतन्त्र लामिछानेको  निरङ्कुशतासँग नहार्ने बताउँदै उनले  सिंहको मुटु छ भनेर भाषण गर्ने तर फिस्टो चराको जत्रो पनि मुटु नभएको भन्दै टिप्पणी समेत गरेका छन् । उनले लामिछाने भ्रष्टाचारमा लिप्त हुँदा 
 ठग,भ्रष्ट र अपराधीको पन्जाबाट पार्टीलाई मुक्त गराउन लाग्दा पार्टीको विधान विपरीत काम नहुने उनको भनाइ छ। पार्टी विपरीत गतिविधिमा  आफू नभइ लामिछाने नै लागेको उनको  आरोप छ।

उनले भनेका छन्,'तपाईंजस्तो ठग,भ्रष्ट र अपराधीको पन्जाबाट पार्टीलाई मुक्त गराउन लड्नु,पार्टीको हितमा हो। लड्नु,पार्टीको हितमा हो,पार्टी विपरीत होइन । यसरी म पार्टी र जनताको हितका लागि लडिरहँदा पार्टीबाट साधारण सदस्य समेत नरहने गरी कारबाहीको प्रयास गर्नु भनेको लोकतन्त्रमाथि नै हमला गर्नु सरह हुनेछ । पार्टी विपरीत म होइन तपाईं लाग्नु भएको छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.