डेडिकेटेड र ट्रंकलाइन विवादका विषयमा संसदीय समिति गठन गर्न एमाले सांसदको माग

डेडिकेटेड र ट्रंकलाइन विवादका विषयमा संसदीय समिति गठन गर्न एमाले सांसदको माग
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका सांसद गोकुल बास्काटोले डेडिकेटेड र ट्रंकलाइन विवाद समाधानका लागि संसदीय समिति गठन गर्न प्रस्ताव गरेका छन्। 

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै बास्कोटाले सार्वजनिक लेखा समितिमाथि अनुचित दबा दिइएको भन्दै डेडिकेटेड र ट्रंकलाइन विवाद समाधानका लागि संसदीय समिति गठन गर्न प्रस्ताव गरे। उनले तत्कालीन प्रचण्ड सरकारले नै व्यवसायीहरूले डेडिकेटेड र ट्रंकलाइन विद्युत् उपयोग गरेबापतको बक्यौता घटाउने काम गरेको दाबी गरे।

डेडिकेटेड र ट्रंकलाइनका विषयमा आफूले बदमासी गरेर अर्कोमाथि हिलो छ्याप्ने काम भएको उनले बताए। बास्कोटाले माओवादी सत्ताबाहिर निस्केपछि रन्थनेर नेपाललाई बंगलादेश बनाउने भन्दै आन्दोलन गर्ने चेतावनी दिएको बताए।

त्यस्तै बैठकको विशेष समयमा माओवादी सांसद देवेन्द्र पौडेलले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिर्न पूर्वप्रधानमन्त्री प्रचण्डले भनेको भए बहस गर्न तयार रहेको तर्क गरे। पौडेलले मुलुकको परिवर्तनका लागि माओवादीले गरेको जनयुद्धको अवमूल्यन नगर्न चेतावनी दिँदै अनमिनको रेकर्ड हेर्न सुझाव दिए। अहिले उठेका प्रश्नहरूलाई विगतका घाउ कोट्याउने गरी परिस्थितिलाई असहज नबनाउन उनले आग्रह गरे।

उनले जनताले चलाएको आन्दोलन जनयुद्ध नै भएको जिकिर गरे। पौडेलले टुँडीखेलमा विरोध गरेका युवाहरूको कुनै गल्ती नभएको र अवाज उठाएकै भरमा पक्राउ परेकालाई रिहा गर्न माग गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.