‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानसँग जोडियो श्रीकृष्ण अर्गार्निक

‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानसँग जोडियो श्रीकृष्ण अर्गार्निक
सुन्नुहोस्

काठमाडौं : युवा उद्यमीहरूले सुरू गरेको स्टार्टअप व्यावसायको प्रवर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरू गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा  श्रीकृष्ण अर्गानिक कृषि तथा पशुपंक्षी फार्म जोडिएको छ । शुक्रबार नेटवर्कको तीनकुनेस्थित केन्द्रीय कार्यालयमा भएको एक समारोहमा उक्त सम्झौता भएको हो । 

सम्झौतापत्रमा अन्नपूर्ण मिडिया नेटवर्कका मार्केटिङ म्यानेजर भानु थोकर र श्रीकृष्ण अर्गानिक कृषि तथा पशुपंक्षी फार्मका प्रोपाइटर मोहन विक्रम थापाले हस्ताक्षर गरे । यो फार्मले अर्गानिक उत्पादनलाई जोड दिँदै पशुपालन गरिरहेको छ ।  

'अभियानले मलाई तान्यो, 'श्रीकृष्ण अर्गानिक कृषि तथा पशुपंक्षी फार्मका प्रोपाइटर मोहन विक्रम थापाले भने, ‘हाम्रा उत्पादनहरूलाई बजारीकरणमा यसले ठूलो सघाउन पुर्‍याउनेछ ।’

यो अभियानमा  नेटवर्कका सबै प्लेटफर्महरू सहभागी हुनेछन् । नेटवर्कले हाल नेपाली संस्करण अन्नपूर्ण पोस्ट दैनिक,अंग्रेजी द अन्नपूर्ण एक्सप्रेस डेली,रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज,अनलाइन न्यूज पोर्टल अन्नपूर्ण पोस्ट डट कम,एपीवान टेलिभिजनलगायतका मिडिया प्लेटफर्महरू सञ्चालन गर्दै आइरहेको छ । 


 

यो पनि पढ्नुहोस

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.