अन्नपूर्णको स्टार्टअप अभियानसँग ओकेजर्नीले सहकार्य गर्ने

अन्नपूर्णको स्टार्टअप अभियानसँग ओकेजर्नीले सहकार्य गर्ने
सुन्नुहोस्

काठमाडौं : युवा उद्यमीहरूले सुरू गरेको स्टार्टअप व्यावसायको प्रवर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरू गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा  ओकेजर्नी प्रालि जोडिएको छ ।

बिहीबार नेटवर्कको तीनकुनेस्थित केन्द्रीय कार्यालयमा भएको एक समारोहमा उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानकी संयोजक सुधा भुजेल र ओकेजर्नी प्रालिका सिईओ राजेश दासले हस्ताक्षर गरे । यो कम्पनीले बस टिकेटिङ र टुर प्याकेजका सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

‘हाम्रो बजारीकरणका लागि यो अभियान निकै लाभदायी छ, 'ओकेजर्नी प्रालिका सिईओ राजेश दासले भने, 'हाम्रा लागि सुवर्ण अवसर हो ।’ 

यो अभियानमा  नेटवर्कका सबै प्लेटफर्महरू सहभागी हुनेछन् । नेटवर्कले हाल नेपाली संस्करण अन्नपूर्ण पोस्ट दैनिक,अंग्रेजी द अन्नपूर्ण एक्सप्रेस डेली,रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज,अनलाइन न्यूज पोर्टल अन्नपूर्ण पोस्ट डट कम,एपीवान टेलिभिजनलगायतका मिडिया प्लेटफर्महरू सञ्चालन गर्दै आइरहेको छ ।


 

यो पनि पढ्नुहोस

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.