स्याङ्जामा बिरामी बोकेको एम्बुलेन्समा आगलागी

स्याङ्जामा बिरामी बोकेको एम्बुलेन्समा आगलागी
सुन्नुहोस्

स्याङ्जा : पुतलीबजार नगरपालिका- ११ करेनडाँडामा गएराती बिरामी बोकेको एम्बुलेन्समा आगलागी भएको छ। वालिङबाट पोखरातर्फ बिरामी लिएर हिँडेको एम्बुलेन्स रातको १० बजे अचानक आगलागी भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

उनका अनुसार ग १ झ २७८ नम्बरको एम्बुलेन्समा अचानक गाडीको तार सर्ट भई आगलागी भएको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

दमकलसहितको प्रहरी टोलीले आगो निभाएको छ। आगलागीबाट एम्बुलेन्स पूर्ण क्षति भएको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.