विपदका ५४ लाभग्राहीले चार वर्षपछि दोस्रो किस्ता पाउँदै

विपदका ५४ लाभग्राहीले चार वर्षपछि दोस्रो किस्ता पाउँदै
सुन्नुहोस्

स्याङ्जा : लामो समयदेखि टुंग्याउन कठिन रहेको मौसमजन्य विपद लाभग्राहीमध्ये ५४ जनाले दोस्रो किस्ता पाउनेछन्। विपदको ४ वर्षपछि दोस्रो किस्ताको रकम दिइने भएको हो।

२०७७ सालदेखि राहतको प्रतीक्षामा बसेका १ सय ८७ पीडित लाभग्राहीमध्ये ५४ जनाले मात्र पाउने भएको जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन्।

बैठकले प्रक्रिया पुरा गरेर आएका आँधीखोला गाउँपालिका १, फेदिखोला गाउँपालिका १, अर्जुनचौपारी गाउँपालिका १, चापाकोट नगरपालिका १, बिरुवा गाउँपालिका ७, गल्याङ नगरपालिका ८, वालिङ नगरपालिका ५, पुतलीबजार नगरपालिका १, हरिनास गाउँपालिका १८ र कालीगण्डकी गाउँपालिका ११ जना गरी ५४ जनालाई लाभग्राही कायम गरेको छ। 

मौसुमजन्य विपद व्यवस्थापन पुनर्स्थापना तथा पुनर्निर्माण कार्यविधि २०७७ अनुसार कागजी प्रक्रिया पुगेकालाई दोस्रो किस्ता र प्रक्रिया नपुगेका लाभग्राही सुचीबाट हटाउने निर्णय गरेको हो। प्रक्रिया नपुगेका भन्दै १ सय ३३ जना लाभग्राहीले किस्ता वापतको रकम नपाउने भएका हुन्। उनीहरूले पहिलो किस्तावापतको रकम जनही ७५ हजार रुपैयाँ भने लिइसकेका छन्। 

जिल्लाका ११ ओटै पालिकाबाट प्रशासनमा १ सय ८७ जना लाभग्राहीको नाम समावेश गरिएको थियो। प्रहरी मुचुल्का सहितका आवश्यक कागतजात प्रक्रिया पुरा नभएको जनाउँदै दोस्रो किस्ता वापतको राहत रकम पाउनबाट बन्चित भएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.