केन्द्रीय कार्यसमिति बैठक

ओली नेतृत्वको सरकार सफल बनाउने दायित्व कांग्रेसलाई छ : महामन्त्री शर्मा

ओली नेतृत्वको सरकार सफल बनाउने दायित्व कांग्रेसलाई छ : महामन्त्री शर्मा
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेसँगको सहमति अनुसार केपी शर्मा ओली नेतृत्वको सरकार टिकाएर लैजानुपर्ने बताएका छन्।

आइतबार सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री शर्माले एमालेसँग भएको ७ बुँदे २०८३ असारसम्म ओली नेतृत्वको सरकारलाई साथ दिनुपर्ने बताएका हुन्। 

उनले भने, ‘यो सरकारलाई सफल बनाएर लैजाने दायित्व हाम्रो पार्टीको पनि हो। हामीले एकताबद्ध भएर ओलीलाई साथ दिनुपर्छ ।’

उनले ओलीपश्चात ८४ को निर्वाचनसम्म कांग्रेस नेतृत्वमा सरकार बन्ने भएकाले त्यसपश्चात कांग्रेसले सभापति शेरबहादुर देउवाको विकल्प सोच्नुपर्ने बताए। उनले पार्टी सभापति देउवालाई अब प्रधानमन्त्री बन्ने ध्याउन्नमा नलाग्नसमेत सुझाव दिए।

शर्माले बैठकमा कांग्रेसबाट प्रधानमन्त्रीका लागि डा. शेखर कोइराला, प्रकाशमान सिंह,डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि र अर्जुननरसिंह केसीसहितका नेताहरू सक्षम रहेको उल्लेख गरे।

शर्माले सभापतिको त्याग देखाउँदा समकालीन नेताहरूलाई पनि न्याय हुने धारणा राखे।

शर्माले प्रधानमन्त्रीमा अरुलाई अगाडि सार्न गरेको प्रस्तावलाई तत्कालै सभापति देउवाले अस्वीकार गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.