नेप्से परिसूचक उच्च अंकले बढ्यो, १३ अर्ब बढीको कारोबार
काठमाडौं : सोमबार नेप्से परिसूचक उच्च अंकले बढेको छ। केही दिनयता लगातार घटिरहेको बजार यसदिन सूचक १२७.३२ विन्दुले बढेर २८२३.२५ अंक कायम भएको हो। अंक बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ।
यसदिन ३३५ कम्पनीको ३ करोड १४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। अघिल्लो दिन १० अर्ब ५१ करोडको कारोबार भएको थियो। ११ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन्। आज सबै समूहका सूचक बढेका छन्। फाइनान्स समूहको सूचक सबैभन्दा बढीले वृद्धि भएको छ। फाइनान्स समूहको ७.९४ प्रतिशत बढेको हो।
कारोबार रकमका हिसाबले ४६ करोड ५२ लाखसहित कारोबार रकममा गुडविल फाइनान्स अग्रस्थानमा आएको छ। दोस्रोमा अपि पावर र तेस्रोमा हिमालयन रिइन्सुरेन्स परेका छन्।