ताँदी घ्याङफेदी जलविद्युत आयोजनाको निर्माण असोजदेखि

ताँदी घ्याङफेदी जलविद्युत आयोजनाको निर्माण असोजदेखि
सुन्नुहोस्

काठमाडौं : एबीपी इनर्जी प्रालिले प्रवर्द्धन गरेको ८ मेगावाटको ताँदी घ्याङफेदी जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ। 

नेपाल विद्युत प्राधिकरण र एबीपी इनर्जीका प्रतिनिधिबीच सोमबार पीपीएमा हस्ताक्षर भएको हो। यो आयोजनाको सञ्चालकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका महासचिव बलराम खतिवडादेखि सूचना प्रविधि विज्ञ असगर अलिलगायत रहेको कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले जानकारी दिए।

प्रस्तावित जलविद्युत आयोजना नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ ताँदीमा निर्माण हुनेछ। यो आयोजनाको सबै खालको अध्ययन पूरा भएको छ। यो जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) २०८० वैशाखमा तयार भएको हो। 

यो ८ मेगावाट जडित क्षमता भएको परियोजना हो। प्रस्तावित जलविद्युत् आयोजनाको ग्रस हेड ४४६ मिटर रहेको छ। यो जलविद्युत आयोजनाका लागि २२८१.३६ मिटर हेडरेस पाइप राखिनेछ। १६३२.०८ मिटर पेनस्टक पाइप निर्माण गरिनेछ। उत्पादित विद्युत् ३३ केभी सिंगल सर्किटको १० किमी प्रसारण लाइन निर्माण गरेर समुन्द्रटार सबस्टेसनमा जोडिनेछ।

यो जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत २० करोड ५ लाख रुपैयाँ रहेको छ। आगामी असोज २९ गतेबाट निर्माण थाल्ने योजना छ। २०८४ वैशाख मसान्तमा व्यावसायिक उत्पादनको लक्ष्य छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.